चितवनः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले संञ्चालन गरेको जागरण अभियान प्रचारात्मक मात्रै भएको वताउनु भएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले अभियान संगठनात्मक रुपमा केन्द्रित हुनु पर्नेमा प्रचारात्मक मात्रै भएको वताउनु भएको हो ।
पार्टीको जागरण अभियान प्रचारात्मक भए पनि संगठनात्मक रुपमा केहि हुन नसकेको पौडेलको भनाई थियो । उहाँले भन्नुभयो “जागरण अभियान प्रचारात्मक भयो, कार्यकर्ताहरु चलायमान हुनु भयो । संगठानात्मक रुपमा केहि पनि भएन ।” अभियानले तल्लो कमिटिमा देखिएका समस्याहरुको हल गर्नु पर्नेमा त्यस्तो हुन नसकेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “अभियानका क्रममा सदस्यहरुको समस्या, पार्टी समायोजनको प्रकृया सुरु गर्नु पथ्र्यो त्यो हुन सकेन ।”
अभियान मार्फत संगठनको जग वसायर ल्याउनु पर्ने उहाँले वताउनु भयो । पार्टीको जग वलियो वनाए मात्रै संगठन वलियो वन्ने उहाँको तर्क थियो ।
नेता पौडेलले आउँदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनु पर्ने वताउनु भयो । उहाँले महाधिवेशन कुनै वहनामा ढिला नगरी नियमीत हुनु पर्ने वताउनु भयो । पार्टीको चार वर्षको कार्यकाल भएको भन्दै पौडेलले नियमीत ढङ्गवाट महाधिवेशन गर्ने कुरालाई आलटाल गर्न नहुनेमा जोड दिनु भयो । पौडेलले भन्नुभयो “अस्ती हामीले सभापतिलाई भेटेर भन्यौ, अव महाधिवेशनको प्रकृया सुरु गर्नु पर्छ । तर कामको छाटकाट छैन ।” पौडेलले ढिला गरेर हाटहुट, लाटलुट गर्न पाईन्न भन्ने हाम्रो भनाई छ भन्नुभयो ।
पार्टीको मुहानको रुपमा रहेको नेपाल विद्यार्थी संघको महाधिवेशन नगरेर भंग गर्ने काम भएको भन्दै पौडेलले सभापति शेरवहादुर देउवा प्रति रोष प्रकट गर्नु भयो ।
फरक प्रसंगमा उहाँले गुठि विधेयक सरोकारवाला संग छलफल नगरी ल्याईएको भन्दै यसले संस्कृति र परम्परालाई निमोठ्ने दावि गर्नु भयो । गुठि विधेयकका कारण अहिले समाजमा विभाजन आएको उहाँको भनाई छ । हचुवाको भरमा ल्याईएको विधेयकका कारण समस्या आएको भन्दै उहाँले यसलाई सच्याएर अघि वढ्नु आबश्यक रहेको औल्याउनु भयो ।
सरकारले एक पछि अर्को गर्दै गल्ति र वदमासी काम गरिरहेको उहाँको आरोप थियो । नेता पौडेलले भन्नुभयो “सरकारलाई गलत कार्यवाट रोक्ने काम हाम्रो हो, जनताको विरोधका वावजुत वनेका विधेयक काँग्रेसले पारित हुन दिदैन ।”

प्रतिक्रिया दिनुहोस !