
चितवनः गृहमन्त्री राम वहादुर थापाले नेपालको गणतन्त्र स्थापनामा स्व. धनिराम पौडेलको महत्वपूर्ण योगदान रहेको वताउनु भएको छ । भरतपुरमा आज पत्रकारहरु संग कुराकानी गर्दै उहाँले नेपालमा भएका विभिन्न आन्दोलनहरुमा पौडेलले पुर्याएको योगदान अतुलनिय रहेको वताउनु भयो ।
पञ्चायतकाल देखि संघिय गणतन्त्र स्थापना सम्म पौडेलले देशका विभिन्न ठाउँमा रहेर योगदान पुर्याउनु भएको थापाको भनाई थियो । नेपाल सरकारको शिक्षा मन्त्रीको रुपमा रहेर शैक्षिक विकासमा पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थापाले वताउनु भयो ।
नेपाली समस्त आन्दोलनका एउटा नेताको संज्ञा दिदै मन्त्री थापाले पौडेलको निधनवाट सिंगो पार्टीमा क्षती पुगेको छ भन्नुभयो । पौडेलको ५४ वर्षको उमेरमा आज विहान माडी स्थित आफ्नै निवासमा ह्रदयघातका कारण निधन भएको थियो । मन्त्री थापा स्व. पौडेललाई अन्तिम श्रद्धान्जली दिन केहि वेरमा माडी जाँदै हुनुहुन्छ ।
पौडेलको अन्त्येष्ठि आज माडीमा हुँदै छ । उहाँलाई अन्तिम श्रद्धान्जली दिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वामदेव गौतम लगाएतका नेता चितवन आउने क्रम जारी रहेको छ ।