
चितवनः पूर्व शिक्षामन्त्री धनिराम (डिआर) पौडेलको आज विहान निधन भएको छ । उहाँको हृदयघातका कारण माडीमा निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष यमवहादुर परियारका अनुसार विहान ७ वजे तिर उहाँको निधन भएको हो । माडी नगरपालिका वडा नम्वर ५ रमाईलो डाँडा स्थित आफ्नै निवासमा हृदयघात भए पछि विहान ७ वजे माडी स्थित वघौडा अस्पतालमा ल्याईएको थियो । पौडेल संविधान सभाको सदस्य हुनुहुन्थ्यो । पार्टीका केन्द्रीय सदस्य पौडेल तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष समेत हुनुहुन्थ्यो । पौडेल लेखक एवं पूर्व पत्रकार पनि हुनुहुन्छ । उहाँका श्रीमती गंगा वेलवासे पनि पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँका दुई छोरीहरु रहेका छन् ।
पौडेलको अन्तिम संस्कारमा सहभागि हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” सहित नेकपाका नेताहरु आउने कार्यक्रममा रहेको जिल्ला अध्यक्ष परियारले जानकारी दिनु भयो । उहाँको शव वघौडा अस्पतालमा रहेको छ ।