
चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एबं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाईको सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको बताउनु भएको छ । अच्यूतराज सुवेदी स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको अच्यूत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ वितरण समारोहलाई सम्वोधन गर्नु हुँदै उहाँले जन अपेक्षा अनुसार काम हुन नसकेको वताउनु भएको हो ।
उहाँले जनताको अपेक्षा शुशासन, विकास निर्माणको तिब्रता, भ्रष्टाचार नियन्त्रर्ण जस्ता विषयमा रहेको भए पनि अहिले त्यो पुरा हुन नसकेको वताउनु भएको हो । सरकारले जनताको भरोसा अनुसार काम गर्न नसकेको प्रति लक्षित गर्दै उहाँले आफ्नो प्रयास अनवरत रुपमा रहेको वताउनु भयो । उहाँले भन्नुभयो “जनताको अपेक्षाका विषयमा पार्टीमा समिक्षा भए पनि जनताको अपेक्षा गहिराईमा पुगेर समाधान गर्न सकेनौ ।”
सरकार र पार्टीले जनाका लागि गरेको प्रयास प्रयाप्त नभएको उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै दाहालले पुरानो राज्य संरचनाका कारण काम गर्न कठिन भएको वताउनु भएको छ । उहाँले आन्दोलनको वलले नयाँ नेतृत्वको सरकार आए पनि पुरानै राज्य संरचनाका कारण सोचे अनुसारको काम गर्न कठिन भएको वताउनु भयो ।
हिजो राजाहरु निरंकुश हुँदा सुरु भएको स्कुल नभत्कीएको भन्दै दाहालले भन्नुभयो “यहि स्कुल छ, राज्य संरचनाको स्कुल । पञ्चायतको वेलामा जे छ त्यहि स्कुलमा चलेको छ ।” नियम कानुन पनि तिनै रहेको भन्दै उहाँले कानुन वदलिदाँ पनि काम गर्ने सोच, तरिका र शैली उही छ भन्नुभयो ।
परिवर्तन पछि राजनैतिक नेतृत्वले जित्छ की परम्परागत ढङ्गले चल्दै आएको राज्य संरचनाले जित्छ भन्ने थाहानै नपाई लडाई चल्ने गरेको उहाँको भनाई थियो । राजनैतिक नेतृत्वले अव जित्न नसके मुलुक ठूलो दुर्घटनामा जाने दाहालले वताउनु भयो ।
छिमेकी दुई देशलाई जोडेर नेपाललाई संम्वृद्ध मुलुक वनाउनु पर्ने दाहालको भनाई थियो । छिटो विकासका लागि नेपालमा प्रसस्त सम्भावना रहेको उहाँले वताउनु भयो ।
वाँके निवासी अच्यूतराज सुवेदीको वि. सं. २०७२ सालको भूकम्पमा परि निधन भएको हो । उनी पूर्व उपसभामुख पूर्णकुमारी सुवेदीका छोरा हुन । दाहालले उनी सहित भूकम्पमा ज्यान गुमाएकाहरु प्रति स्मरण गर्दै त्यो विपतले नेपालमा संबिधान वन्न सहज वनाएको वताउनु भयो । संबिधान निर्माणको अन्तीम चरणमा घटना घटे पछि आँफुले विपक्षि दलको नेताको हैसियतले सरकारलाई सहयोग गरेर उद्धार संगै सवैलाई संविधान निर्माणमा जुटाएको जानकारी दिनु भयो ।
कार्यक्रममा नेकपामा नेता सुरेन्द्र पाण्डेले देशको संम्बृद्धिका लागि सिंगो पार्टी गोलवद्ध भएर लाग्नु पर्ने वताउनु भयो । पार्टी एकिकरणको प्रकृया ढिलो हुँदा नेता कार्यकर्ता एक वर्ष देखि वेरोजगार वनेको भन्दै छिटो टुङ्ग्याउन अध्यक्ष दाहाललाई आग्रह गर्नु भयो । उहाँले भूकम्पको समयमा धेरै जनधनको क्षती भएको स्मरण गर्नु भएको थियो ।
सो अवसरमा राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ वाट शशस्त्र प्रहरीवल विपत व्यवस्थापन तालिम शिक्षालय कुरीनटारका जवान ओम सलामि मगरलाई रु २५ हजार सहित ताम्रपत्रवाट सम्मान गरिएको थियो । कार्यक्रममा वर्ष व्यक्तित्व सम्मान २०७६ वाट वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. शारदा रानाभाट कुवरलाई सम्मान गरिएको थियो । प्रतिष्ठानका सम्वन्धमा अध्यक्ष प्रकाश सुवेदीले जानकारी दिनु भएको थियो ।