चितवनः नेपाली काँग्रेसका महामन्त्री पूर्ण वहादुर खड्काले पार्टीलाई वलियो वनाउनका लागि आँफैबाट सुधारको आबश्यक रहेको बताउनु भएको छ । नेपाली काँग्रेसले सुरु गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत आज चितवनको कार्यक्रम समापन तथा अग्रजहरुको सम्मान कार्यक्रममा वोल्दै उहाँले सार्वजनिक स्थानमा वसेर कुनै नेतालाई गालि गर्दैमा पार्टी वलियो नवन्ने बताउनु भयो ।
जागरण अभियान जनताको विचतरलाई एक ठाउँमा उभ्याएर पार्टीको भावि कार्यदिशा निर्माणका लागि महत्वपूर्ण वन्ने उहाँको भनाई थियो । अभियानले जनताको भावना वुझ्ने काम भएको उहाँले बताउनु भयो । पार्टी भित्र निर्णय गर्दा वा काम गर्दा भएका गल्तिहरुलाई सच्याउँदै आम कार्यकर्तामाझ माफि मागेर अघि वढ्ने समय आएको उहाँको भनाई थियो ।
अहिले आम जनताले आफ्नो भावना वुझ्ने र जनताको हितमा काम गर्ने शक्तिको खोजि गरिरहेको बताउँदै उहाँले त्यसका लागि काँग्रेसका नेता तथा कार्यकर्ता तयार हुन आवश्यक रहेको बताउनु भयो । कुनै पनि व्याक्तिले पदमा वसेर गर्ने निर्णयले आम कार्यकर्ता संग जोडीने भन्दै उहाँले गलत निर्णहरु सच्याएर अघि वढ्नु आबश्यक रहेको बताउनु भयो ।
अवको समयमा काँग्रेसलाई बिधि र प्रकृयाबाट अघि वढाउनका लागि पार्टीको नियमावली परिवर्तन गर्न लागिएको उहाँले जानकारी दिनु भयो । उहाँले भन्नुभयो “पार्टीलाई बिधि र प्रकृयाबाट चलाउने क्रममा रुपान्तरीत भएर आयौं भन्ने देखाउनु आबश्यक रहेको छ । यसका लागि पार्टीका कृयाशिल सदस्यहरु बाटै अभियान सुरु गर्ने तयारी भईरहेको छ ।” यसका लागि क्रियाशिल सदस्यहरुबाट दैनिक लेवि संकलन गर्ने तयारी भईरहेको उहाँको भनाई छ ।
अहिले काँग्रेस संसोधित बिधानलाई कार्यान्वयनको पक्षमा लैजाने क्रममा रहेको उहाँले जानकारी दिनु भयो । अवको काँग्रेसले जनताको भावनालाई विरोध गर्ने नभई सकारात्मक रुपले अघि वढाउनु आबश्यक रहेको उहाँको भनाई थियो ।
फरक प्रसंगमा बोल्दै उहाँले काँग्रेसको सिद्धान्तलाई कम्युनिष्टहरुले वेचेको आरोप लगाउनु भयो । लोकतान्त्रीक समाजबाद काँग्रेसको सिद्धान्त रहेको र कम्युनिष्टहरुले सो सिद्धान्तको खोल ओडेर देशमा अराजकता मच्याउन खोजेको उहाँको आरोप थियो ।
कार्यक्रममा बोल्दै काँग्रेस चितवनका केन्द्रिय प्रतिनिधिले कार्यकर्तामा एकता आबश्यक रहेको बताउनु भयो । कार्यकर्ता विचको एकताले मात्रै पार्टी वलियो वन्ने उहाँको भनाई थियो । जनताको भावना अनुसार केन्द्र देखि जिल्ला सम्म एकता हुन आबश्यक रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका अग्रजहरु तथा प्रजातन्त्रका सेनानीहरुलाई सम्मान गरिएको थियो । सम्मानीत हुनेहरुमा नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति टेक प्रसाद गुरुङ्, पूर्ब सभापतिहरु रामकृष्ण घिमरे,शेषनाथ अधिकारी, कृष्णलाल सापकोटा, पृथ्विमान गुरुङ, तापमान सिंह गुरुङ, टिकाराम न्यौपाने, नारायण शर्मा, प्रजातन्त्रका सेनानी महेश्वरलाल श्रेष्ठ, समाजसेवी मैयादेवि श्रेष्ठ रहनु भएको छ ।
सो अवसरमा महिला संघ केन्द्रीय अध्यक्ष उमा रेग्मी, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोईराला लगाएतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !