
चितवनः प्रदेश नम्बर तीनका प्रदेश सदस्य कृष्ण खनालेको नेतृत्वमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौलीमा रहेको सडक वोडको कर उठाउने ढाटमा आगलागि गरिएको छ । आगो नियन्त्रणका क्रममा प्रहरी सहायक निरिक्षक गम्भिर घाईते हुनु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहका अनुसार बिहान ११ वजेको समयमा ३०÷४० जनाको समुहले पेट्रोल छर्किएर ढाटमा आगो लगाएका हुन ।
सो क्रममा आगो नियन्त्रर्णको प्रयास गर्दा त्यहि कार्यरत प्रहरी सहायक निरिक्षक कल्पना खड्का घाईते हुनु भएको छ । शाहका अनुसार खड्काको हात खुट्टा, शरीर र टाउकोमा आगोले पोलेको छ । घाईते खड्काको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ ।
पूर्बी चितवन बासिले यस अघिनै सो ठाउँबाट ढाँट हटाउन स्थानीय प्रशासनलाई ज्ञापन पत्र वुझाएका थिए । शाहले चितवन क्षेत्र नम्बर १ (ख)का प्रदेश सभा सदस्य कृष्ण खनालको नेतृत्वमा आगो लगाईएको वताउनु भयो । तर खनालले भने आँफु घटना हुँदा सो स्थलमा भए पनि आफ्नो नेतृत्वमा आगो लगाउने काम नभएको भन्दै आक्रोशित जनताले आगो लगाएको बताउनु भयो ।
प्रहरी प्रशासनले ठेकेदार संग आर्थिक प्रलोभनमा परि त्यहाँ ढाँट राख्न दिएको भन्दै अब तत्काल ढाट नहटाए स्थानीयले सहेर नबस्ने खनालले वताउनु भयो । उहाँले ढाटलाई सिमा क्षेत्रमा लैजानु पर्ने बताउनु भयो । आफ्नै सदरमुकाम आउँदा जाँदा समेत राजस्व तिर्नु परेपछि पूर्बी चितवन बासि मर्कामा परेको बताउनु भयो ।
आगोलागि बाट ढाटमा रकम संकलन गर्न कर्मचारी वस्ने गरेको काउण्टर पूर्ण रुपमा क्षती भएको शाहले बताउनु भयो ।
पूर्बी चितवन बासिले यस अघिनै सो ठाउँबाट ढाँट हटाउन स्थानीय प्रशासनलाई ज्ञापन पत्र वुझाएका थिए । ढाटमा आगो लगाएको आरोपमा प्रहरीले रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरिलाई पक्राउ गरेको छ ।