चितवनः जिल्लामा पाँच वर्ष मुनिका बालबालिकामा सिघ्र श्वासप्रश्वास संक्रमणको दर वढ्ेको छ । आर्थिक वर्ष २०८१÷०८२ को तुलनामा आर्थिक वर्ष २०८२÷०८३ मा यो संख्या बढेको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका जनस्वासथ्य निरिक्षक चन्द्र वहादुर हमालका अनुसार गत आर्थिक वर्षमा प्रति हजार बालबालिकामा ४३१ जनामा यो समस्या देखिएको थियो । उहाँका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा यो संख्या ३९६ रहेको थियो । हरेक वर्ष यस्तो रोगका बालबालिका बढ्दै गएको भन्दै उहाँले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न अनुरोध गर्नुभयो ।
बिशेषगरी आर्थिक अबस्था कम्जोर भएको र ग्रामिण क्षेत्रका बालबालिकामा यो रोगको समस्या देखिएको उहाँको भनाई छ । इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, माडी नगरपालिकाका बालबालिकामा यो रोगको संक्रमणदर वढ्दो रहेको छ । अहिले जिल्लामा पाँच वर्ष मुनिका बालबालिका ४५ हजार ६०८ जना रहेका छन् ।
यो रोगमा १ वर्ष देखि ५ वर्ष उमेर समुहका बालबालिकाको श्वासप्रश्वास प्रतिनिमनेट ४० पटक भन्दा बढी हुन नहुने, २ महिना देखि १ वर्ष सम्मकाको ५० पटक र २ महिना मुनिका बाललबालिकाको ६० पटक हुनुपर्ने हुन्छ । श्वासप्रश्वासमा समस्या देखिदाँ रुगा, खोकी लाग्ने, निमोनिया हुने र बच्चाको कोखा हानेको जस्तो हुने, खान मन नगर्ने लगाएतका लक्ष्यण देखिए जटिल समस्या भएको मान्ने गरिन्छ । यस्तो समस्या देखिएका बालबालिकालाई तत्काल नजिकको स्वास्थ्य संस्थामा लगेर स्वास्थ्य परिक्षण गर्नु पर्ने उहाँको भनाई छ ।
भरतपुर अस्पतालका बालरोग बिशेषज्ञ डा. किरण देवकोटा छिटो श्वासप्रश्वास हुनु रोग नभए पनि रोगको लक्ष्यण भएको बताउनुहुन्छ । यस्ता बालबालिकामा निमोनिया, स्वाशनलिमा समस्या लगाएतका कारण हुने गर्दछ । मौषमी फ्लुका कारण बालबालिकामा यो समस्या हुने उहाँले जानकारी दिनुभयो । यो संक्रमणबाट बच्नका लागि चिसो, धुवाँ, धुलोबाट बच्नु पर्छ ।






