चितवनः नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा. शशांक कोईरालाले संबिधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल आबश्यक रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले काङग्रेस निर्वाचन एक्लै लड्न सक्ने तागत भए पनि संबिधानको रक्षा, देशको बिकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “सरकार पनि गठन्धनको छ । गठवन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ ।” तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक सय सिट पाउनु पर्ने उहाँको दावी छ । तालमलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उहाँले थप्नुभयो “एमालेसंग प्रतिशपर्धा गर्नका लागि एक हुनु प¥यो ।” अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोही संग सहकार्य गरेर मात्रै निर्बाचनमा आउने उहाँको भनाई थियो ।
संबिधान र ओलीको प्रतिगमनको बिरुद्धमा एक भएका दलहरु एक ठाउँमा भएर निर्वाचनमा जाँदा राम्रो हुने कोईरालाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस !