चितवन: जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ६१ जनामा कोरोना सङ्कक्रमण पुष्टि भएको छ । पिसिआर प्रबिधबाट १ सय १४ जना र एन्टिजेन प्रबिधिबाट ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार सोही समयमा १ सय ८ जना कोरोना सङ्क्रमित सङ्क्रमण मुक्त भएर घर फर्कीएका छन् । अस्पतालमा उपचराका क्रममा रहेका, होम आइसोलेसनमा रहेका र सार्वजनिक आइसोलेसनमा रहेका निको भएर घर फर्कीएका हुन । अहिले जिल्लामा १ हजार ५ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु मध्ये १८ जना सार्वजनिक आइसोलेसनमा, १ सय १२ जना अस्पतालको आइसोलेसनमा र १ हजार ४ सय ५२ जना होम आइसोलेसनमा रहेको उहाँले जानकारी दिनुभयो ।

ढकालका अनुसार जिल्लाका अस्पतालमा उपचारका क्रममा १ सय ९० जना रहेका छन् । उनीहरु मध्ये सघन उपचार कक्षमा ६१ जना, एचएफएनसिमा १३ जना, एचडियुमा ४० जना र सामान्य आइसोलेसमा ९३ जना रहेको उहाँले बताउनुभयो । जिल्लाका अस्पतालमा उपचारका क्रममा तीन जनाको मृत्यु भएको छ । जस मध्ये चितवनका दुई जना हुन भने एक जना नवलपुरको रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !