चितवन, : चितवनमा कोरोनाभाइरस (कोभिड–१९) लक्षित निषेधाज्ञा थपिने भएको छ । वैशाख १६ गतेबाट लागू गरेको निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरिएको थियो । थप गरिएको निषेधाज्ञाको समय भोली राति १२ बजेबाट सकिँदै छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठक आज बस्ने र त्यसको सिफारिस अनुसार नै निषेधाज्ञाको समय थप गरिने बताउनुभयो । कोभिड–१९ संक्रमण दर केही घटेपनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्न लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !