चितवनः यही भदौ १० गते आएको भोटेकोशी बाढी पछि त्रिशुली नदि किनारमा बसोबास गर्नेहरु त्रसीत देखिएका छन् । उनीहरुलाई कुनै पनि बेला त्रिशुली नदीमा बाढीको वहाब आएर नोक्सान पु¥याउने चिन्ता वढेको छ ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ५ त्रिशुली किनारमा बसोबास गर्दै आउनुभएकी सानी गौचन अहिले पनि आँफुहरु असुरक्षित रहेको महशुस गनुहुन्छ । आफ्नो उमेरको ४५ वर्ष यही विताउनु भएकी उहाँ भोटेकोशी वाढी पछि झस्कन थाल्नुभएको छ । उहाँले भन्नुभयो “वाढी देखेका थियौ । यती बिनासकारी देखेका थिएनौ ।” उहाँका अनुसार यस वर्ष आएको बाढीले त्रिशुली किनारमा बस्ने मात्रै होईन देश भर पिडा दियो । उहाँले थप्नुभयो “त्यो दिन सम्झदाँ अझै पनि मनमा अत्यास लाग्छ ।” पानी पर्दा समेत फेरी घर छोड्नु पर्ने हो की भन्ने डरले उहाँलाई सताई रहेको छ ।
मुग्लिन बजारमा बिगत ४५ वर्ष देखि आमा होटल चलाउँदै आउनु भएकी कोपिला गौचन पानी पर्न थालेपछि कामदार देखि सबैलाई सुरक्षित गर्न थालेको बताउनु हुन्छ । भदौ १० गते देखि उहाँले न फोन अफ गर्न सक्नुभएको छ , न त रातिमा राम्रो संग निदाउनु भएको छ । उहाँले भन्नुभयो “ कतै फोन गरेर घर छोड बाढी आउँदै छ की भन्ने सूचना आउँछकी भन्ने डर छ ।” अझै आँफुहरु असुरक्षित रहेको महशुश आँफुलाई भएको उहाँले बताउनुभयो । अहिले खोला सुसाउँदा पनि त्रासमा बस्नु पर्ने बाध्यता रहेको उहाँले गुनासो गर्नुभयो । अझै त्रासमा बस्नुपरेको बताउँदै उहाँले अब केही राहत हुन्छकी भन्ने लागेको बताउनुभयो । उहाँले थप्नुभयो “पुख्र्यौली काम छोड्नु भएन अझै हामी सुरक्षित छौ जस्तो लाग्दैन ।”
स्याँङ्जा स्थायी ठेगाना भई बिगत ३२ वर्ष देखि मुग्लिन नजिकै व्यवसाय गर्दै आउनु भएका सेख अलाउदीन मियालाई अहिले पनि पानीको आवाज सुनेपछी आँफुले राखेका समाग्री तर्फ ध्यान जान्छ । नुवाकोटमा रहेकी छोरी वेघरबार भएपछि आँफु पनि त्यस्तै हुने हो की भन्ने चिन्ताले उहाँलाई सताई रहेको छ। खेलामा पानीको बहाब वढ्दै गर्दा कुनै चिन्ता नहुने भएपनि भदौ १० गतेको भोटेकोशी बाढी पछि उहाँलाई रातमा राम्रो गरि निन्द्रा लाग्न छाडेको छ । साना बालबालिका लिएर बस्नुपर्ने त्यही माथि त्रिशुलीको डर उहाँले दुखेसो सुनाउनु भयो । अचानक आएको बाढीले त्रिशूली किनारमा व्यवसाय गर्न डर हुन लागेको उहाँले गुनासो गनुभयो ।
त्रिशुलीमा ¥याफ्टिङ गर्न आएकालाई खाना खाजा खुवाउँदै आउनुभएका नारायण श्रेष्ठ व्यवसाय छोड्ने की के गर्ने भन्ने दोधारमा हुनुहुन्छ । संगै व्यवसया गरेका साथीहरुले छाडेर गएपछि आँफु दोधारमा रहेको बताउँदै उहाँले बिनासकारी वाढी पछि व्यवसाय र आफ्नो जीवननै धरासाही वन्ने खतरा वढेको बताउनु भयो । उहाँले भन्नुभयो “बाढी संग डर होईन बिनासकारी बाढी सँग अझै हामीलाई डर छ ।” पृथ्वी राजमार्गमा रहेको बिनय गेष्टहाउस तथा खाजा घरका संञ्चालक उहाँले वर्षात सुरु भएपछि हामीलाई त्रास बढ्ने भन्दै अब के गर्ने सोचमा रहेको बताउनुभयो ।
अहिले पृथ्वि राजमार्ग अन्तर्गत त्रिशुली किनारमा रहेका यस्ता व्यवसायी तथा परिवार त्रासमा दिन र रात विताउन वाध्य छन् । अब फेरी समस्या आउँदा के गर्ने भन्ने चिन्ता उनीहरुमा थपिएको छ । रसुवा, नुवाकोट, धादिङ् हुँदै चितवनको देवघाटमा आएर यो नदी कालिगण्डकीमा मिसिए पछि नारायणी वन्छ । त्रिशूली नदी गहिरो छ । नदीका किनारमा मानब बस्ति संगै वजारहरु रहेका छन् । ती बस्ति पुराना हुन् । बिगतका वर्षहरुमा पनि बाढी आउने भए पनि यस वर्ष निकै ठूलो बाढी आए पछि रसुवा, नुवाकोट र धादिङ्मा ठूलो जनधनको क्षती भएको छ । क्षती हुन नपाएका बस्ति र वजार क्षेत्रका बासिन्दामा त्रास कायम रहेको हो ।

प्रतिक्रिया दिनुहोस !