काठमाडौँ। विकास हाइड्रोपावरले प्राथमिक सेयर (आईपीओ) आजदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको छ ।

यस कम्पनीले सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीको जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३ सय रुपैयाँ छ ।

यसअघि वैदेशिक रोजगारमा रहेका तथा आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बाँडफाँट भइसकेको छ । न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । असार २२ गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस !