
चितवन, २ असार ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६७ अर्बको बजेट ल्याएको छ । आइतबार साँझ अबेर ९ बजे बागमती प्रदेश सभामा बजेट प्रस्तुत गरेको हो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याउनु भएको हो ।
प्रदेश सरकारले गत चालु आर्थिक वर्षको भन्दा ३ अर्ब वृद्धि गरेर २०८२÷०८३ कोलागि ६७ अर्वको बजेट ल्याएको हो । चालू आर्थिक वर्षको लागि ६४ अर्व ५४ करोड बजेट सरकारले ल्याएको थियो ।
आगामी वर्षको लागि चालु तर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार विनियोजन गरिएको छ । पुजीगत तर्फ ४१ अर्व ४३ करोड २६ लाख ३६ हजार बजेट विनियोज गरिएको छ । चालु तर्फ ३८।०६ प्रतिशत र पुजीगत तर्फ ६१।०४ प्रतिशत छुट्याइएको छ । खर्च व्यवहोर्न कर राजश्व २८ अर्व ८७ करोड ८२ लाख उठाउने लक्ष्य लिएको छ । अन्यबाट ६ अर्व ७९ करोड उठाउने लक्ष्य लिएको छ ।
बजेट प्रस्तुत गर्दै मन्त्री काफ्लेले पर्यटकीय क्षेत्रको रुपमा चितवनलाई पर्यटकीय हवको रुपमा विकास गर्ने जानकारी गराउनु भयो । दोलखाको डाङडुगे डाडामा फिल्म सिटी स्थापना गरी गरिने छ ।
उहाले कृषि क्षेत्रको उत्पादनलाई प्राथमिकता दिएको छ । एक वडा एक कृषि कार्यक्रम ल्याएको छ । कृषि उपजको बजार व्यवस्थापन, कृषि एम्वुलेन्सको व्यवस्था गरिने छ । दुग्धजन्य उत्पादनलाई वृद्धि गरेर बजार व्यवस्थित पार्ने, धुलो दुध कारखानालाई व्यवस्थित पार्ने छ ।
आधारभूत अस्पातालमा आकस्मिक सेवाको रुपमा विकास गर्न बजेट व्यवस्थापन गरिने छ । महिलामा हुने पाठेघरको मुखको क्यान्सर तथा पुरुषमा पोष्टेट क्यान्सरको परिक्षणलाई निःशुल्क गरिनेछ । दुर्गम स्थानबाट हवाइ सेवा मार्फत उपचार सेवा गर्न रु १० करोड बजेट विनियोजन गरिएको छ । प्रादेशिक अस्पतालमा ट्रमा सेन्टरको रुपमा विकास गरिनेछ । विपन्न नागरिकलाई निःशुल्क विमाको व्यवस्था गरिनेछ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३५ करोड विनियोजन गरिएको छ । नर्सिङ अध्यापनको व्यवस्था गरिनेछ । हेमोपिलिया विरामीलाई प्रादेशिक अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था गरिनेछ ।
प्रादेशिक अस्पतालमा आमावुवा विहिन बालबालिकालाई अभिभावको भूमिका निर्वाह गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । सामाजिक विकास मन्त्रालयलाई चार अर्व ३५ करोड रुपियाँ विनियोजन गरिएको छ ।
खेलकुदलाई ललितपुरको गोदावरीमा रंगशाला निर्माणमा ९ करोड रुपियाँमा, मकवानपुर, दोलखामा रंगशाला, भरतपुरको गौतम वुद्ध क्रिकेट रंगशाला निर्माणमा ९ करोड रुपियाँ विनियोजन गरिएको छ । एक निर्वाचन क्षेत्र एक वहुउद्देशिय खेल मैदान निर्माण गरिनेछ । खेलकुद मन्त्रालयको लागि एक अर्व १६ करोड विनियोजन गरिएको छ ।
नयाँ सडकको ट्रयाक खोल्न निरुत्साहित गरिनेछ । जनता आवास कार्यक्रम, खरको छाना विस्थापित कार्यक्रमलाई निरन्तरता दिनेछ । भौतिक पूर्वाधार मन्त्रालयको लागि २४ अर्व ८० करोड १९ लाख बजेट विनियोजन गरिएको छ ।
लिफ्ट सिचाइ आयोजनालाई प्राथमिकता दिनेछ । पहाडका गरा सधै हरावरा कार्यक्रम ल्याइनेछ । जलस्रोत तथा सिचाइ व्यवस्थापनको लागि स्यालो ट्युवेलको व्यवस्थापन गरिनेछ । नारायणी खगेरी सिचाइलाई थप व्यवस्थित गरिनेछ । खानेपानी तथा सिचाइ मन्त्रालयको लागि सात अर्व २८ करोड ७१ लाख रकम विनियोजन गरिएको छ ।
विपत व्यवस्थापनलाई प्राथमिकता दिइने छ । मुख्यन्ययधिवक्तालाई व्यवस्थित पारिनेछ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको लागि ६२ करोड ११ लाख बजेट विनियोजन गरिएको छ ।
जिल्ला समन्वय समितिको जिम्मेवारीलाई व्यवस्थित पारी कार्यालयको लागि बजेट विनियोजन गरिएको छ । प्रदेश अन्तर्गतका अनावश्यक संरचना खारेज गरिनेछ । लगानी सम्मेलन गरी स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी गर्न आकर्शित पारिनेछ । महङ्गी भत्ता पाँच हजार बागमती प्रदेशका कर्मचारीलाई प्रदान गरिनेछ ।
पूर्ण पाठ हेर्न यो लिंक खोल्नु होला