चितवनः नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो भएपनि कार्यान्वयमा समस्या हुने वताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले नीति तथा कार्यक्रम राम्रो ल्याउने तर कार्यान्वयन पक्षमा काम गर्न नसक्नु पहिले देखिनै सरकारको कम्जोरी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो नीति तथा कार्यक्रम राम्रा छन् तर कार्यान्वयन पक्षमा जानु पर्छ ।” नीति तथा कार्यक्रमलाई बजेटमा समावेश गर्नु पर्ने बताउनुभयो । उहाँले थप्नुभयो “नीति तथा कार्यक्रम कार्यान्वयन पक्ष फितलो हुँदा समस्या हुने गरेको छ ।” गत वर्षका कार्यक्रमहरु समेत सहभागी गरेर नीति तथा कार्यक्रम ल्याईएको उहाँको भनाई थियो ।
फरक प्रसंगमा बोल्दै उहाँले नेपाली काँग्रेसको १५ औं महाधिबेशन तोकीएको समय भित्रै गर्नुपर्ने बताउनुभयो । महाधिबेशनले पार्टीलाई एकतावद्ध वनाउने बताउँदै उहाँले महाधिबेशन पछि सार्नुको कारण देखाउनु पर्छ भन्नुभयो । महाधिबेशनले गुटको अन्त्य गर्ने बताउँदै उहाँले भातृ तथा सुभेच्छुक संस्थाको महाधिबेशन समयमानै गर्नु पर्ने बताउनुभयो । अधिबेसनले पार्टीलाइृ जुझारु वनाउने भन्दै उहाँले भातृ संस्थाको अधिबेसन नहुँदा पार्टी सिथिलता तर्फ गएको छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस !