चितवनः बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामा (तामाङ्) ले समाज परिवर्तनका लागि धर्म सँस्कृतिको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ । आज देवघाटमा रहेको ज्ञान चतुर्वहु महाङ्कालको प्राण प्रतिष्ठा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धर्मले मानिसलाई अनुशासनमा राख्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो “धर्मले मान्छेलाई अनुशासनमा राख्छ । अनुशासन नभएसम्म मान्छेमा सुधार आउन सक्दैन ।” धर्मले समाजलाई सुधारको बाटोमा लैजाने भन्दै उहाँले धर्म सँस्कृतिको रक्षाका लागि सबै एक हुन आवश्यक रहेको बताउनुभयो । समाजको विकासका लागि दिर्घकालिन सोचका साथ लाग्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले भ्रष्टाचार नियन्त्रणका लागि बिधि बनाउने प्रक्रियामा रहेको बताउँदै उहाँले यसलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । नियमन गर्ने निकायले सहज रुपमा नियमन गर्न सक्ने गरी बिधि वनाउन आबश्यक रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले देवघाट क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न माग गर्नुभएको थियो । बागमती प्रदेशका वन ताथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले धर्मको रक्षा गर्न सरकार लागि रहेको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य हरि ढकाल, पूर्व मन्त्री दावादोर्जे लामा, नेपाली काँग्रेसका नेता सूर्यकान्त घिमिरे, नेपाल तामाङ् धेदुङ् संघका पूर्व अध्यक्ष महेन्द्रजंग योन्जन, आदिवासी अभियान्ता प्रेम दोर्जेबल, तामाङ् भाष विज्ञ सिंह वहादुर तामाङ, लगायतले बोल्नुभएको थियो ।

सो अवसमार देवघाटमा रहेको ज्ञान चतुर्वहु महाङ्कालको प्रतिमा अनावरण सहित प्राणप्रतिष्ठा समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !