चितवनः नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले स्वदेशमानै श्रमको उचित मूल्याङ्कन गर्न सक्नुपर्ने बताउनुभएको छ । १३६ औं श्रमिक दिवसको अबसरमा नेपाल ट्रड युनियन काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको श्रमिक सभामा बोल्दै स्वदेशमा श्रमको उचित मूल्याङ्कन नहुँदा युवाशक्ति बिदेश पलायन हुनु परेको बताउनुभयो ।
उहाँले भन्नुभयो “श्रमको उचित सम्मान गर्न सके नेपालमानै युवा रोक्न सकिन्छ ।” यसका लागि स्वदेशमानै रोजगारी सृजना गर्न सक्नु पर्ने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “स्वदेशमा रोजगारी सृजना गर्न नसक्दा श्रमको उचित मूल्याङ्कन हुन सकेको छैन ।”
कार्यक्रममा सहभागि काँग्रेसका नेताहरु श्रमको सम्मानका लागि काँग्रेस बलियो वन्नु आबश्यक रहेको बताएका थिए । श्रमीकका मुद्धालाई वेवास्ता गर्दा काँग्रेस कम्जोर हुँदै गएको बताउनुभयो । उहाँहरुले भन्नुभयो “काँग्रेस बलियो वन्नका लागि मजदुहरुको समस्या समाधान हुन आबश्यक छ ।”
कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशका पूर्ब मन्त्रीहरु उत्तम जोशी, मिलनबाबु श्रेष्ठ, नेपाल ट्रड युनियन काँग्रेका केन्द्रीय सदस्यहरु कृष्ण अर्याल, धनश्याम चपागाई, सिता शर्मा ढकाल, पूर्ब केन्द्रीय सदस्य लक्ष्मण भट्टराई, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, ट्रड युनियन काँग्रेसका चितवनका अध्यक्ष हरिहर सापकोटा, कोषाध्यक्ष शुरेस अधिकारी लगाएतले वर्तमान समयमा मजदुरहरुले भोग्नु परेको समस्याको बारेमा बोल्नु भएको थियो । उहाँहरुले अहिले हरेक क्षेत्रका मजदुरमा समस्या रहेको भन्दै यसलाई समाधानका लागि काँग्रेसले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !