चितवनः पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ बर्षिय केशब मुक्तान अहिले मौरी पालन व्यवसायमा तल्लिन हुनुहुन्छ । विगत ६ वर्षदेखि उहाँ मौरीपालन व्यवसायमा लाग्नु भएको हो ।

राप्ती नगरपालिका वडा नम्बर ५ का मोक्तान सन् २०१५ मा विदेश गएर विदेशमा सोचे जस्तो राम्रो नभएपछि नेपाल फकिनुभएका मोक्तान नेपाल आएर मौरी पालन व्यवसायमा लाग्नुभएको हो । २५ घारबाट सुरु गर्नुभएको मौरीपालन व्यवसाय अहिले १३५ घार पु¥याउनु भएको छ । विदेशमाभन्दा काम गर्न सके नेपालमानै राम्रो गर्न सकिन्छ भन्ने सोचका साथ उहाँले यो व्यवसाय सुरु गर्नुभएको हो । उहाँले भन्नुभयो “अहिले पनि कहिले काही कमाउनका लागि विदेश जाउँकी भन्ने भान भए पनि नेपालमानै कमाउन सकिन्छ भन्ने भएर यो व्यवसाय सुरु गरेको हुँ ।”

परिवारले सामान्य रुपमा गर्दै आएको व्यवसायलाईनै सशक्त बनाएर उहाँले व्यवसायीक रुपमा मौरी पालन गर्नुभएको छ । आरकेएम पशुपंक्षी कृषि फर्म दर्ता गरेर उहाँले मौरीपालन व्यवसाय सुरु गर्नुभएको हो । उहाँले भन्नुभयो “नेपालमा केही गर्न सकिन्छ भन्ने युवापुस्तालाई देखाउनका लागि कृषि कर्ममा लागेको हुँ ।”

मौरी पालन गर्दा चरनको समस्या हुने गरेको भए पनि त्यसलाई सामना गर्दै अघि वढेको उहाँले बताउनुभयो । चरनमा लैजाँदा सामुदायीक वनलाई शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ । मौरीले कसैलाई पनि असर नगर्ने भए पनि सामुदायीक वन तथा समुदायले शुल्क लिने चलन हटाउन सके मौरीपालन गर्ने किसानलाई सहज हुने उहाँको भनाई छ ।

आफ्नो ससुरा बाले गरेको देखेर उत्साहित भएर मौरी पालन गर्न सुरु गर्नुभएका मुक्तानले अहिले बार्षिक १ हजार ९५० किलो मह उत्पादन गर्दै आउनुभएको छ । घारलाई वढाएर १५० पु¥याउने योजना उहाँको रहेको छ । सुरुवातमा व्यवसायमा सोचे जस्तो नहुँदा निराश हुनु भएका मुक्तानलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले २० घार र कृषि विकास कार्यालय चितवनले कृषि उद्यमशीलता कार्यक्रम अन्तर्गत ९० घार सहयोग गरेपछि उहाँले मौरी पालन व्यवसायलाई अझै प्रभावकारी रुपमा अघि वढाउनु भएको छ ।

जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले विदेश जाने योजना बनाएका वा विदेशबाट फकिएका युवाहरुलाई कृषि कर्ममा लगाउन सके आयातलाई प्रतिस्थापन गर्न सकिने भएकाले कार्यक्रम अन्तर्गत युवाहरुलाई समेटिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !