काठमाडौंः आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । झडपमा परि १५ जना घाइते भएका छन् । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

आन्दोलनको क्रममा घाइते भएका शिक्षकलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ । शिक्षक महासंघ महासचिव तुलाबहादुर थापाले गम्भीर घाइते भएकालाई ट्रमा अस्पताल लगिएको छ ।
‘अहिले घाइते शिक्षकहरूलाई सिभिलमा पु¥याईएको छ । जटिल भएकालाई त्यहाँबाट ट्रमा लैजाने तयारी भइरहेको छ । प्रहरी र शिक्षकबीच बानेश्वरमा झडप भएको थियो । झडपका क्रममा १५ जना बढी शिक्षक घाइते भएका छन् । गत २० चैतदेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन्

प्रतिक्रिया दिनुहोस !