चितवनः भरतपुर महानगरपालिकाले बिपन्नहरुका लागि घर वनाउने भएको छ । महानगरपालिकाले यस वर्षबाट कार्यक्रम सुरु गरेको हो । जस अन्तर्गत घर वनाउनका लागि १३९ जना लाभग्राही छनोट गरिएको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालका अनुुसार सुरक्षीत घर वनाउन नसकेका महानगरवासीहरुको घर महानगरपालिकाले बनाईदिन लागेको हो । महानगरको गएको मंसिर १३ गतेको कार्यपालिका बैठकबाट निर्णय गरी स्थानिय राजपत्रमा प्रकाशीत गरेर कार्यक्रम सुरु गरिएको हो । दाहालका अनुसार यस आर्थिक वर्षमा रु १ करोड रकम बिनियोजन गरिएको छ । एउटा घर वनाउन रु ५ लाख हाराहारी खर्च हुने अनुमान गरिएको छ । छनोटमा परेका लाभग्राहीको प्राथमिकताका आधारमा क्रमश घर वनाउदैं लगिने उहाँले जानकारी दिनुभयो ।

यस कार्यक्रम अन्तर्गत महानगर भित्र रहेका विपन्न नागरीकको संरक्षण, उत्थान, शशक्तिकरण र बिकासका लागि विपन्न परिवारको सुरक्षीत आबास निर्माण र हस्तान्तरण गर्ने गरी कार्यक्रम कार्यान्वयनमा ल्याउन लागिएको हो ।

महानगरपालिकाले भरतपुर महानगर मेयर विपन्न आबास कार्याक्रम कार्यबिधि वनाएर कार्यन्वयनमा ल्याउन लागिएको कार्यक्रमका सदस्य सचिब ई।साकार लामाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम अन्तर्गत लाभग्राही छनोट गरि सकिएको छ ।

यसका लागि वडा कार्यालयहरुबाट लाभग्राहीको लगत संकलन गरी स्थलगत अनुगमनको काम समेत सकिएको छ । उहाँले भन्नुभयो “लाभग्राहीको आवेदन फर्म ५ सय भन्दा बढीको परेको थियो । स्थलगत अनुगमन पछि १३९ जना लाभग्राही छनोट भएका छन् ।” कार्यबिधि अनुसार ९ वटा सूचक भित्र परेका उनीहरुको आवास निर्माण गरीने छ ।

यस कार्यक्रम अन्तर्गत घरमा दुईवटा कोठा र शौचालय रहने छन् । घर टिनले छाइने छ । सेतो पूर्जा भएका, जग्गा धनि प्रमार्ण पूर्जा पाउन सक्ने, वडाले बिबाद रहीत ऐलेनी जग्गा भनि सिफारीस गरेको, वन, ताल, नदी र नहरको जग्गा अतिक्रमण नगरेका लाभग्राहीलाई कार्यक्रममा समावेस गरिएको छ । एक घर एक परिवार अन्तर्गत आबास निर्माण गरिने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “अनुगमनका क्रममा पिल्लर उठाएर घर वनाएका, टिनको छानो भएका घरहरु कार्यक्रममा पर्दैनन् ।” महानगरपालिकाले आफ्नै कानुन वनाएर कार्यक्रम सुरु गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !