चितवनः प्रधानमन्त्री केपी शर्मा ओलीले देशको बिकाशमा मतभेद नराख्न आग्रह गर्नुभएको छ । पुलचोक–गोन्द्राङ् ६ लेन सडकको आज यहाँ उद्घाटन गर्दै उहाँले अहिले निर्बाचन नआएकाले बिकासमा केन्द्रीत हुन आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो “अहिले चुनाब लाग्या पनि छैन र अहिले चुनाब प्रचार गनु प¥या पनि छैन । त्यतापट्टी गईहाल्नु परेको आबश्यकता पनि छैन ।” उहाँले थप्नुभयो “म आग्रह गर्न चाहान्छु सबैलाई सधै राजनिति मात्रै सधै चुनबमात्रै होईन । बिकाशमा ध्यान दिउँ । हामीले एक भएर देश वनाउनुपर्ने छ । मतभेदमा होईन एकतामा जोड दिउँ ।”बिचारमा बिभिधता हुन सक्ने भन्दै उहाँले देशको बिकाश गर्ने कुरामा मतभेद नराख्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “ देशको बिकाश सबैले गर्नै पर्छ । हामी सबै मिलेर बिकास गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन ।” अर्काको सहयोग सधै नटिक्ने भन्दै उहाँले त्यस्ता सहयोग अहिले धरापमा परेको बताउनुभयो । उहाँले जोड दिदैं भन्नुभयो “अरुका वलमा लडिने लडाई अरुका भरमा गरिने बिकास ती सबै देखेका छौ त्यो काम लाग्दैन । आफ्नो वलमा आफ्नो राष्ट्रिय एकताका साथ एकजुट भएर अघि वढेर बिकास गर्नुपर्छ ।”
आफ्नै बलमा देशलाई सुदृण, एकतावद्ध गर्न सक्ने भन्दै उहाँले राष्ट्रियतालाई मजभूत पार्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “डेमेक्रेसीलाई बलियो पार्ने, बिकास गर्ने र सुसासनलाई बलियो वनाउने कुरामा एकजुटका साथ अघि वढ्न आग्रह गर्छु ।”देश बिकासका लागि स्थिरता चाहिने भन्दै उहाँले दुई ठूला दल मिलेर सुशासन र बिकासमा लागेको बताउनुभयो । कानुन तोड्नेलाई कानुनले नछाड्ने उहाँको भनाई थियो । प्रधानमन्त्री ओलाीले भन्नुभयो “जसले कानुन तोड्छ, उपद्रो गर्छ । कानुन विपरित हुन खोज्छ भने सरकारले छोड्दैन ।” सुशासनको प्रत्याभूति गराउँदै क्षमता अनुसार सेवा पु¥याउन सरकार लागेको उहाँले बताउनुभयो ।
देश अनेक उतारचडापबाट चल्दै आएको भन्दै उहाँले भौतिक पूर्बाधारका क्षेत्रमा २०४७ साल पछि फड्को मारेको बताउनुभयो । उहाँले भन्नुभयो “ अलि ढिला भएको छ तर बिकासले गति लिएको छैन भन्ने कुरा होईन । बिकासमा काफि प्रगति गरेको छ ।” पूर्बाधार तयार भए पछि अरु बिकासलाई त्यसको जगमा टेकेर अघि वढ्न सकिने भन्दै उहाँले त्यस तर्फ आँफु लागिरहेको बताउनुभयो । भौतिक निर्माणका क्रममा एकै पटक सबै काम गर्नुपर्नेमा जोड दिदैं उहाँले बनाउने र भत्काउने काम गर्न नहुने बताउनुभयो ।
चितवन जिल्ला ऐतिहाँसीक महत्व वोकेको जिल्ला भएको भन्दै यस ठाउँको इतिहाँस त्रेता युग देखिको रहेको बताउनुभयो । उहाँले भन्नुभयो “राम जन्म देखिको इतिहाँस छ । त्यहाँ देखिको लामो इतिहाँस छ । यो भूभाग बास्तवमा एउटा सभ्यताको सुरुवात भएको भूभाग हो ।” यही चौडा सडक वनाउनुको कारण देशकै मध्यभाग भएको उहाँको भनाई थियो । उहाँले भैरहवा, बिरगञ्ज, पोखरा र काठमाडौंको मध्य भागमा पर्ने भएकाले यहाँको सडक एसियली मापदण्ड अनुसार नमुना सडक वनाईएको बताउनुभयो । पूर्बपश्चिम राजमार्ग पुरैलाई फराकीलो वनाईने भन्दै उहाँले सबै ठाउँमा यति चौडा नहुने बताउनुभयो । सरकारको आफ्नै लगानीमा यो सडक वनाईएको उहाँको भनाई थियो ।

नारायणगढको पुलचोक देखि भरतपुरको गोन्द्राङ् सम्मको यो ६ लेन सडक मिति २०७७ साल असोज २६ गते इण्डो सगुन जे.भी. संग २८ मिहनामा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । सडकको त्यसै वर्षको माघ १७ गते तत्कालिन अबस्थामा समेत प्रधानमन्त्री रहनुभएका केपी शर्मा ओलीले शिलन्यास गर्नुभएको थियो ।
६ दशमलब ०८ किलोमिटर लामो सडकको लगत स्टमेट अनुसारको लागत मूल्य रु १ अर्ब ६३ करोड ३६ लाख ६३ हजार रहे पनि रु १ अर्ब १३ करोड ८१ लाख ६९ हजारमा सम्झौता भएको थियो । काम सम्पन्न हुँदै गर्दा रु १ अर्ब १३ करोड ३५ लाख ३४ हजारमा भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इ. कृष्ण आचार्यले जानकारी दिनुभयो ।
एसियन मापदण्डको हाइवे अन्तर्गत यो सडकखण्ड पहिले दुई लेन मात्रै रहेको थियो । आचार्यका अनुसार सडकलाई विस्तार गरेर बीचमा चार लेन र दुवै तर्फ थप १÷१ सर्भिस लेन तयार गरिएको छ । सडक विस्तारसँगै दुवैतर्फ ६ सय सडक बत्ती जडान गरिएको छ । ५० मिटर चौडाइ रहेको ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली भूमिगत गरिएको छ । चौबिसकोठीदेखि भरतपुर ओरालोसम्मको सडकको पानी पुंगी खोलामा र चौबिसकोठीदेखि बसपार्कसम्मको पानी केरुङ्गा घोलमा लैजाने गरी ड्रेन तयार गरिएको आचार्यले जानकारी दिनुभयो ।
सडकको दायाँबायाँ ११.५÷११.५ मिटर कालोपत्र गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ । मेडियनमा दुबो लगाउने र आर्कषक फूलहरूका बिरुवा रोप्ने काम भएको छ ।
भरतपुर ओरालोको उचाइ ६० सेन्टिमिटरदेखि १.२ मिटरसम्मले घटाइएको हो । जसले गर्दा दुर्घटनाको जोखिम समेत कम हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !