चितवनः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु नीजि अस्पतालमा जान नपाउने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुरा गर्दै उहाँले भन्नुभयो “ सरकारी अस्पतालको त्यो अबधिमा सरकारी अस्पतालमानै उहाँहरु उपलव्ध हुनु पर्छ ।”
मन्त्रालयले केही दिन अघि जारी गरेको निर्देशीका अस्पताल र बिभागहरुमा कार्यान्वयनको चरणमा रहेको उहाँले बताउनुभयो । निर्देशीका कार्यान्वयन भईरहेको भन्दै उहाँले कतिपय समस्याहरु देखिएको र ती समस्या समाधान गर्दै कार्यान्वयन भएको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या हटाएर व्यवस्थित गर्ने गरी सरकार अघि वढेको मन्त्री पौडेलले बताउनुभयो । स्वास्थ्य क्षेत्रको प्रगति हिजोको आजै नदेखिने भन्दै उहाँले क्रमिक सुधारको बाटोमा स्वास्थ्य क्षेत्रलाई लैजाने बताउनुभयो ।
मन्त्री पौडेलले भन्नुभयो “स्वास्थ्य सेवा प्रभावकारी बनाउन नागरिकलाई स्वास्थ्य सेवा सहजरुपमा उपलव्ध गराउन, बिमालाई व्यवस्थित वनाउन, औषधिको मूल्य समायोजन गर्न लगाएतका थुप्रै कुराहरु ल्याएका छौ । ती कार्यान्वयन हुँदै जान्छन् ।”
मन्त्री पौडेलले स्वास्थ्य बिमालाई रु पाँच लाख वनाउने मन्त्रालयको प्रस्ताब मन्त्रीपरिषदबाट पास भएर कार्यान्वयनमा जाने बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रो प्रस्तालाई अब सरकारले स्विकार गर्छ र प्रस्ताब स्विकार ग¥यो भने पाँच लाखको बिमा कार्यान्वयन गर्ने तर्फ जान्छ ।” पाँचलाखको बिमा कसरी सम्भव छ भन्ने कुरा सबै कुरा प्रष्ट ढङ्गले प्रस्ताबमा उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो ।
फरक प्रसंगमा बोल्दै मन्त्री पौडेलले सहकारी पिडितको समस्या समाधानका लागि वनेको उच्च स्तरीय समितिको प्रतिवेदन सरकारले कार्यान्वयनमा ल्याउने बताउनुभयो । बास्तबिक कुरा प्रतिवेदनमा उल्लेख भएको भन्दै उहाँले प्रतिवेदनमा भएका कुराहरु कर्यान्वयनमा आउने बताउनुभयो । उहाँले भन्नुभयो “लिखित रुपमा आईसके पछि अब कसैले फरक ढङ्गबाट दाबि गर्नुपर्ने अबस्था छैन ।” प्रतिवेदनलाई मन्त्रीपरिषद बैठकले कार्यान्वयनमा लिएर जाने भनेर निर्णय गरिसकेको बताउँदै उहाँले दुबिधामा पर्ने अबस्था नरहेको बताउनुभयो । क्लिनचिट दिएको हो वा होइन भन्ने कुरा प्रतिवेदनमानै प्रष्ट भएको मन्त्री पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !