चितवन, २५ भदौ :   आज विश्वभर विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रम गरी मनाईदैछ। आत्महत्याको मुख्य कारण मनोरोग (मानसिक रोग) नै हो । मनोरोगको समयमा उपचार गर्न सकिएमा आत्महत्या रोकथाम गर्न सकिन्छ। चितवन मेडिकल कलेज शिक्षण अस्पतानले विगत १८ वर्षदेखि मनोरोगको उपचार गर्दै आएको  छ। यस अस्पतालमा बि.स. २०६४ साल भदौदेखि मनोरोगको उपचार शुरु गरिएको थियो। शुरुमा आकस्मिक कक्षमा दुई वटा शैयाबाट शुरु गरिएको यो सेवा आज ३० शैयाको बनेको छ। अस्पतालमा दैनिक ८५ जनाभन्दा बढी मनोरोगका बिरामी बहिरंग सेवामा आउने गरेका छन् । अस्पतालमा गत आर्थिक वार्षिमा १६ हजार ८३४ जना मनोरोगका विरामीको उपचार भएको छ। त्यस मध्ये ५०९ जनाले अन्तरंग ( भर्ना भएर। सेवा लिएका छन् । उपत्यका बाहिर सबैभन्दा धेरै मनोरोगीको उपचार गर्ने अस्पतालको रुपमा चितवन मेडिकल कलेज चिनिएको छ । विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण सहितको उपचारको सफलता दर उच्च रहेकै कारण अस्पतालमा मनोरोगको उपचार गर्न आउनेहरुको संख्या दिनदिनै बढ्दै गएको छ।अस्पतालले औषधिको प्रयोग, ई. सिटी (विद्युतीय उपचार), काउन्सिलिङ्ग, साईकोथेरापी विधिको प्रयोग गरेर उपचार गर्दै आएका छ। यसका अलावा बिरामीलाई मनोरन्जनात्मक (नाँचगान), आध्यात्मिक, योग समेत गराएर उपचारमा सघाउने गरेको छ ।

 

 मनोरोग विभिन्न खालका हुन्छन्। ती निम्नानुसार छन् :

क ) सामान्य खालका मानसिक रोग: Anxiety disorder (डर लाग्ने समस्या), Conversion Dissociative disorder (कनभर्सन डिसोसिएटिभ डिसअर्डर), Headache (टाउको दुखने समस्या), Child Psychological problem (बालबालीकामा देखिने मनोवैज्ञानिक समस्या), Somatization disorder (सोमोटाइजेशन डिसअर्डर), Post partum psychotic disorder (बच्चा जन्माएपछि आमामा देखिने मानसिक रोग), Sleep disorder (निद्राको समस्या) ।

ख) मध्यम खालका मानसिक रोग Depression(डिप्रेसन), Drugs and Alcohol problem (लागु औषधी र रक्सीको समस्या), Epilepsy रोग), Obessive Compulsive disorder (अब्जेसिभ कम्पल्सिभ डिसअर्डर), मनस्थिति) । Mental retardation (छारे (सुस्त

ग) कडा मानसिक रोग : Bipolar affective disorder (बाईपोलर एफेक्टिभ डिसअर्डर) र Schizophrenia (सिजोफेर्निया)। मानिसक रोगका कारणहरु : वंशानुगत रुपमा सर्ने, Neurotransmitter को गढबढी, आमा बाबुबाट बाल्यवस्थामा टाढा रहनाले, हर्मोनको गडबडी, शारीरिक रोम लामो समय समयमा लागेमा, Persoanality factor (विरामी हुनु अघिको व्यक्तित्व), तात्कालिन घटनाक्रम, पारिवारिक अस्वस्थ सम्बन्ध, लागू पदार्थ सेवन गर्नाले, गर्भावस्थामा संक्रमण, मस्तिष्कको वृद्धिमा रोक, समाजवाट टाढा रहनाले र टाउकोको चोटपटकक कारण ।

मानसिक रोग लागेको कसरी चिन्ने ?

बेला बेलामा मुटु ढुकढुक हुने, हातखुट्टा लल्याकलुलुक हुने, काम्ने वा चिसो हुने, धेरै पसिना आउने, मनमनै छटपटी हुने, कि पिसाब लाग्ने जस्तो हुने, झस्कने, तर्सने डराउने मरिहालिन्छ कि जस्तो हुने, हृदयघात भयो कि जस्तो डर भएमा असामान्य रुपमा धेरै समयसम्म टाउको दुख्ने चक्कर आउने वाकवाक आउने । यदि रिस उठ्ने झिझो मान्ने झर्कने, जिउ दुख्ने, झमझम गर्ने, शरिर पोल्ने निद्रा भोक नलाग्ने काम्ने, बस्ने, क्षेप्ने वा बेजा बेनामा बेहोस हुने भएमा, छारे रोग मूगी रोग भएमा । मावश्यकभन्दा बढी खुशी भैरहने, बढी फूर्तिफार्ती गर्ने बढी बोलले ठूलो कुरा गर्ने। अटुट गतल विश्वास भ्रम Delusion मानिसहरु मेरो कुराकानी चियो चचों विरुद्ध जाशुसी षडयन्त्र गर्दैछन जस्तो लाग्ने । शरीर, कोठा, भित्तामा मानिस वा वस्तु देख्नु, शरीरमा किरा, सर्प या अरु जीव हिडे जस्तो भएमा। धेरै रक्की खाने वा लागु पदार्थको सेवन गरेमा । मानिसमा धेरै अंगका जटिल (vague) लक्षण एकैचोटी देखिएमा । अनौठो व्यवहार देखापरेमा । एक्लै बोल्ने, एक्लै हास्ने गरेको देखेमा । अरुदेखि शंका गर्ने देखिएमा । आत्तिने, डराउने, चिन्ता गर्ने, घरबाट भाग्ने गरेमा । मानसिक रोग बारे जान्नै पर्ने कुरा मानसिक रोग अति सामान्य (जस्तै टाउको दुख्ने मात्र) देखि कडा खालका (एक्लै बोल्ने, एक्लै हांस्ने पागलपन) सम्मका हुन्छन् ।

सामान्य खालको मानसिक समस्या हुँदा आत्तिनु हुँदैन र उपचार गर्न पनि हिच्किचाउनु हुँदैन। कडा मानसिक रोगका विरामीलाई परिवारका सदस्यको सहयोग अति आवश्यक छ । मानसिक रोग लाग्नु पापको फल होइन। उपचार गरे मानसिक रोग निको हुन्छ । मानसिक रोगका विरामीलाई सबैले सहयोग गर्नु पर्छ । उपचार गरिरहेका मानसिक रोगका विरामीले डाक्टरको सल्लाह विना आफै औषधि छाड्नु हुँदैन । उपचारको क्रममा विभिन्न ल्याव परिक्षण गर्दा पनि कुनै रोग नदेखिएमा त्यो मानसिक रोग हुने सम्भावना धेरै रहन्छ । मानसिक रोगको उपचारमा काउन्सिलिङ (साइकोथेरापी) र इ.सि.टि. (विद्युतिय उपचार) को पनि ठूलो भमिका रहन्छ । सामइकोसिस (Psychosis) तथा सिजोफेनिया (Schizophrenia) मानसिक रोगका विरामीहरु घरपरिवार, समाज तथा द्वन्दको कारण शोषणमा पर्न सक्छन्। उनीहरुको मानवअधिकारको संरक्षण गर्नु मानिस काम्ने र बक्ने बनको भर्पतले होइन मनको आन्तरिक पीडाले गर्दा हुन्छ ।

कसरी मानसिक रुपमा स्वास्थ्य बन्ने ?

१. कहिलेकाँही कुनै घटना परिस्थिति तथा बाध्यता पछि हाम्रा मन भौतारिन सक्छ यस्तो अवस्थामा मन एउटै कुरामा घुमाई रहन हु

२ अर्काको उपलब्धलाई सजिलै ग्रहण गर्ने र खुसी हुने । पुराना रुढिवादी कुरामा विस्वास गर्नु हुदैन । हरेक काममा खुसि, सुखि तथा सन्दुस्ट बन्ने जे छ तेसमा सन्तुष्ट बन्ने तर मेहनत गर्न नछाड्ने लागुपर्दाथ तथा दुर्व्यसनिबाट अन्य मानसिक रोग लाग्ने सम्भावना भएकोले यी वस्तुबाट टाढा रहने दैनिक जिवनमा स्वस्थ्य प्रतिस्प्रदा गर्नेगर्छ अति नैतिकवान नब्ने तथा अरुबाटपनि त्यस्तो आशा नगर्ने मनका कुरा अरुलाई भन्ने वानी गर्ने

साझा प्रयासबाट आत्महत्या रोकथाम गर्न सकिन्छ । त्यसैले समाजमा व्यापक जनचेतना लगाउन यहाँको भूमिका रहन्छ । मनोरोगको समयमा नै उपचार गर्नेतर्फ सबै लाग्ने हो भने ठूलो संख्यामा आत्महत्या रोकथाम गर्न सघाउ प पालीको Suicidal को नारा अन्तर्गत आत्महत्याको बारेमा छलफल गरौ भन्ने हो  जति आत्माहत्यको बारेमा जानकारी परामर्श (विरामी सँग) गछौं, जस बाट धेरै हदसम्म आत्माहत्या न्यूनिकरण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस !