चितवनः भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपन सुनिश्चित पालिका घोषणा गरिएको छ । महानगरमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नारायण प्रसाद अधिकारीले पालिकालाई पूर्णखोप दिपोपन सुनिश्चित पालिका घोष्णा गर्नुभएको हो ।
महानगरपालिका भित्र रहेका ३१ हजार ८११ घरधुरीका १७ हजार ९४ बालबालिका मध्ये १२ हजार ९ सय ९८ बालबालिकाले पूर्ण खोप पाएका छन् । १६ महनिा देखि ५९ महिना सम्मका ती बालबालिकाले पूर्ण खोप पाएको र ४ हजार ३३१ बालबालिका खोप लगाउने क्रममा चरणमानै रहेको महानगरपालिकाका स्वास्थय शाखाका प्रमुख दिपक सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार घरधुरी सर्बेक्षणका क्रममा ६ जना बालबालिकाले कुनै पनि खोप नपाएको र २२९ जना बालबालिकाले आंशिक खोप लगाएको पार्यएको थियो । ती बालबालिकालाई आबश्यक खोपको मात्रा पुरा गराएर पूर्ण खोप दिगोपन सुनिश्चित पालिका घोष्णाा गरीएको हो ।
समन्वय प्रमुख अधिकारीले प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सदगोपन सुनिश्चितता पालिका घोषणा गर्नुभएको हो । सो अबसरमा बोल्दै उहाँले सबैको प्रयासले महानगरलाई पूर्णखोप दिगोपन सुनिश्चित पालिका घोषणा गर्न सफल भईएको बताउनुभयो । उहाँले भन्नुभयो “घोषणा गर्न सबेको उत्तिकै जिम्मेवारी रहेको छ ।” घोषणा पछि पुनः यसलाई कायम राख्नका लागि सबैको सक्रियता आबश्यक पर्ने उहाँले बताउनुभयो ।
महानगरपालिका प्रमुख रेनु दाहालले बालबालिकालाई पूर्ण खोप दिएर स्वस्थ राख्ने पालिकाको पहिलो जिम्मेवारी रहने बताउनुभयो । मानब जीवनमा खोप अनिवार्य रहेको बताउँदै उहाँले बालबालिलाई शारिरीक तथा मानसिक रुपमा स्वस्थ राख्नका लागि खोप अनिवार्य हुने उहाँको भनाई थियो । दाहालले भन्नुभयो “महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा एक वडा एक स्वास्थ्य कार्यालय अबधारणा अनुसार अघि वढेको छ ।” आधारभूत स्वास्थ्य सेवा सबैको घरदैलोमा पु¥याउन आबश्यक रहेको भन्दै उहाँले मेयर संग स्वास्थ्य जस्ता कार्यक्रमहरु संञ्चालन गरिदैं आईएको बताउनुभयो ।
महानगरउपप्रमुख चित्रसेन अधिकारीले बालबालिका स्वस्थ रहेमा भबिश्य उज्वल हुने बताउनुभयो । खोप अभियान गरेर घोषणा गरेर चुप लागेर बस्न नहुने बताउँदै उहाँले यसलाई निरन्तरता दिएर लैजानु पर्ने बताउनुभयो । महानगरपािलकालाई यस अघि बि. सं. २०७४ सालमा पूर्ण खोप घोषणा गरिएको थियो । त्यस यता नियमित खोप संञ्चालन गर्ने र औपचारीक कार्यक्रमका बिच घोषणा गर्ने गरिएको थिएन । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, जनस्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख ईन्द्रमणी भण्डारी, भरतपुर महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक महाशाखा निर्देशक शान्ताकुमारी पौडेल लगाएतले बोल्नुभएको थियो ।





