चितवनः भरतपुर अस्पतालमा संञ्चालनमा ल्याईएको एमआरआई मेसीन बिग्रीएको छ । संञ्चालनमा ल्याईएको मेसीन एक महिना नहुँदै बिग्रीएको हो ।

केहीदिन अघि अबिरल वर्षा संगै परेको चट्याङ्का कारण मेसीनको एम्पलीफायर बिग्रियपछि अहिले सेवा वन्द भएको छ । दैनिक १० देखि १५ जना सम्मलाई सेवा दिदैं आईरहेको मेसीन बन्द भएपछि बिरामीहरु नीजि अस्पतालमा सेवा लिन जान बाध्य भएका छन् । अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्ण पौडेलले मेसीन चाँडैं मर्मत गरि संञ्चालनमा ल्याईने बताउनुभयो । जर्मन प्रबिधिको यस मेसीनका सम्पूर्ण सामान जर्मनबाटनै मगाउनु पर्ने हुदाँ मर्मतका लागि समय लाग्ने भएको हो । उहाँले भन्नुभयो “कम्पनीले सामान मगाई सकेको छ । अब बढिमा १० दिन भित्र सेवा सुरु हुन्छ ।”

प्रतिक्रिया दिनुहोस !