चितवनः आज बिहान चीनको स्वशाषित क्षेत्र तिब्बतबाट आएको बाढी संगै चितवनका त्रिशूली र नारायणी नदीमा ५३ वटा शब भेटिएका छन् । शब भेटीने क्रम जारी भए संगै भेटिएका शब राख्नका लागि स्थानीय प्रशासनले शब राख्ने ठाउँको खोजी गरिरहेको छ ।
कुरीनटार देखि मुग्लिन सम्म १६ वटा र मुग्लिनबाट यता ३७ वटा शब भेटिएको हो । जिल्ला प्रहरी कार्यालयमा चितवन प्रमुख प्रहरी उपरिक्षक रामेश्वर पौडेलका अनुसार भेटीएका शवहरु भरतपुर अस्पतालको शब गृहमा ल्याउने क्रम जारी छ । महिला पुरुष छुट्याउन कठिन भएको उहाँले बताउनुभयो ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शव राख्ने स्थानको खोजि गर्न लागिएको जानकारी दिनुभयो । अहिले सम्म आएका शबहरु समेत राख्न सक्ने अबस्था नरहेकाले स्थानको खोजी गरिएको उहाँले बताउनुभयो । देवघाटमा निर्माण गरिएको शब दाहा गृह देखि अन्य क्षेत्रहरुमा शब राख्ने ठाउँको खोजी गरिएको उहाँले जानकारी दिनुभयो । कति शब भेटीने हुन र कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा स्थानीय प्रशासन रहेको छ ।
सुरक्षा निकायले नदी तटिय क्षेत्रमा उच्च सतर्कताका साथ बगेर आएका शवहरु निकाल्ने काम गरिरहेको छ ।
बाढीको जोखिमका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्ड अर्को सूचना नआए सम्मका लागि वन्द गरिएको छ । धादिङ् लगाएतका क्षेत्रमा बाढीका कारण सडक अबरुद्ध भएका कारणसवारी वन्द गरिएको जिल्ला प्रशासन कार्यालयय चितवनले सूचना जारी गरी जानकारी दिएको छ । यस संगै नदी तटिय क्षेत्रमा रहेका सर्बसाधारणलाई उच्च सतर्कता अपनाउन समेत स्थानीयय प्रशासनले आग्रह गरेको छ ।





