चितवनः नेपाल नेत्रज्योती संघ चितनद्दारा संञ्चालीत भरतपुर आँखा अस्पतालले गत आथिृक वर्षमा ३ लाख ४० हजार २६२ जनालाई आँखाको उपचार गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो संख्या ३ लाख २१ हजार ६ रहेको थियो । झण्डै ६ प्रतिशत बढी बिरामीलाई अस्पतालले सेवा दिएको हो ।
अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार बाह्य शिबिरबाट ३९ हजार २३ जनालाई सेवा दिईएको छ । स्कुलहरुमा पुगेर ३५ हजार ४८० जना बालबालिकाको आँखा परिक्षण गरीएको घिमिरेले बताउनुभयो । चितवन सहित छिमेकी जिल्लाहरुमा अस्पताल मातहत १७ वटा आँखा उपचार केन्द्र मार्फत सेवा दिदैं आईएको छ । ती केन्द्रबाट ५२ हजार १४९ जनाले सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्षमा यो संख्या ३४ हजार १०४ रहेको थियो । यो अघिल्लो बर्ष भन्दा ५२ दशमलब ९१ प्रतिशतले बढी हो । मुख्य अस्पताल रहेको भरतपुरबाट १ लाख ६१ हजार ७७६ जनाले सेवा लिएका छन् । यो अघिल्लो बर्षको भन्दा ४ प्रतिशतले बढी हो ।
सूचना अधिकारी घिमिरेका अनुसार सो अबधिमा ११ हजार ४३५ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अघिल्लो आर्थिक वर्ष यो संख्या १० हजार ४१५ रहेको थियो । अघिल्लो वर्ष भन्दा गत आर्थिक वर्षमा ९ दशमलब ७९ प्रतिशत बढीको आँखाको शल्यक्रिया गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठका अनुसार एउटा बिशेषज्ञ सेवा सहीतको अस्पताल, तीनवटा सेकेन्डरी अस्पताल र १७ वटा आँखा उपचार केन्द्र रहेका छन् । भरतपुर वडा नम्बर १० मा बिशेषज्ञ सेवा सहितको सुबिधा सम्पन्न अस्पताल रहेको छ । पर्साको ठोरी, नवलपरासी (बर्दघाट–सुस्ता पूर्ब)को कावासोती र बाराको सिम्रनगढमा आँखाको सेकेण्डरी अस्पताल रहेको छ ।
भरतपुर महानगरपालिका नजिकै आँखाको शहरी क्लिनिक रहेको छ । चितवन, नवलपरासी (बर्दघाट–सुस्ता पूर्ब), धादिङ्, तनहुँ, बारा, पर्सा, सर्लाही र सिंन्धुलीमा १७ वटा आँखा उपचार केन्द्र मार्फत सेवा दिदैं आईएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा बिरामीको चाप बढेको उहाँले बताउनुभयो । अस्पतालका निर्देशक डा. पुष्पा गिरि श्रेष्ठले शहर संगै ग्रामिण क्षेत्रमा आँखाका बिरामीहरु बिभिन्न कारणबाट अस्पताल सम्म आउन नसकेको भन्दै गाउँगाउँमा शिबिरहरु मार्फत उपचार दिने गरीएको बताउनुभयो । शिबिरहरुमा समस्या देखिएका बिरामीलाई सेकेण्डेरी अस्पताल र बिशेषज्ञ अस्पताल मार्फत थप उपचार सेवा दिने गरेको उहाँले बताउनुभयो । अहिले नेपालमा उपलव्ध अधिकांश आँखा उपचार सेवा दिन अस्पताल सक्षम रहेको निर्देशक श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !