चितवनः आफुले पदभार सम्हालेको एक महिना पछि भरतपुर अस्पताल अनुगमनमा आउनुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवलाई अस्पतालमा आएका सेवाग्राहीहरुले गुनसो राखेका छन् । अस्पतालमा उपचार गर्न आएका देखि औषधि किन्न लाईनमा बसेका सम्मले मन्त्री यादवलाई आफ्नो गुनासो राखेका हुन ।
अस्पतालका आकस्मिक कक्षमा उपचार गराई रहनु भएका राप्ती नगरपालिका वडा नम्बर ९का हिमाल राई डायलासीसका बिरामीहरुको समस्या सुनाउँदै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो “हामीलाई उपचारमा समस्या भयो । छुट्टै वाडको व्यवस्था गरिदिनु प¥यो ।” कहिले के समस्या त कहिले के समस्याले अस्पताल आउँनु परेको भन्दै उहाँले अन्य वाडमा भन्दा डायलासीस गर्ने बिरामीहरुको एउटै वाड भए उपचारमा सहज हुने बताउनुभयो ।
यस्तौ ज्वरोका कारण बिहिबार भरतपुर अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएका भरतपुर महानगरपालिकाका भरतपुर महानगरपालिका वडा नम्बर १४ का कृष्ण पराजुलीले भर्ना हुनका लागि शैय्या पाउनै मुस्किल भएको गुनसो गर्नुभयो । उहाँले भन्नुभयो “हिजो बेलुका देखी शैय्या खोजेको अहिले बल्ल एउटा खालि भयो । यसरी कसरी उपचार गर्न सकिन्छ ।”
बिरामीको कुरा सुनी सके पछि मन्त्री यादवले भन्नुभयो “तपाईहरुको कुरा जायज हो । सेवा पाउनु पर्छ । यसका लागि म अस्पताल प्रशासनसंग कुरा गर्छु ।” औषधि किन्नका लागि अस्पतालको फार्मेसी अगाडी बसेका बिरामी र बिरामीका आफ्न्तले बिमाबाट आबश्यक औषधि नपाउने गरेको गुनासो गरे । सस्तो औषधि फार्मेसीमा पाए पनि महंगो औषधि बाहिरबाट किन्नु पर्ने उहाँहरुको गुनासो थियो । फार्मेसीमा रहेका बिरामी र उनीहरुको आफन्तको कुरा पछि मन्त्री यादवले भन्नुभयो “अब फार्मेसीमा खाजा खानका लागि सेडुल मिलाएर जानुस् ।” औषधि प्रयाप्त मात्रामा राख्न उहाँले निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !