चितवन: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भएको स्रोत, साधन, क्षमता र प्रविधिको आधारमा गरेको कामको प्रसंसा गर्नुभएको छ । अस्पतालको शुक्रबार (आज) निरीक्षण तथा अनुगमनको क्रममा उहाँले क्यान्सर अस्पतालमा देशभरीबाट बिरामीले उपचार गराएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जुन रुपमा क्यान्सरका बिरामी यहाँ आउनुहुन्छ यहाँ कुनै प्रकारको विभेद गरियो भन्ने मैले सुनेको छैन ।”
मन्त्री यादवको स्वागत कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालको बारेमा ब्रीफिङ गर्नुभएको थियो । मन्त्री यादवले भन्नुभयो, “कार्यकारी निर्देशकले जुन कुरा भन्नुभएको मैले टिपेको छु सो ब्रीफिङ मलाई उपलब्ध गराउनुहोला । मन्त्रालयको तर्फबाट के गर्न सकिन्छ हामी गर्छौ । यो काम हाम्रो काम हो ।” यस क्यान्सर अस्पताललाई कसरी सुधार गर्ने भन्ने कुरामा आफ्नो सँधै ध्यान जाने गरेको भन्दै उहाँल थप्नुभयो, “हाल धेरै संख्यामा क्यान्सर पिडति थपिनुभएको छ । महिलाहरुमा हुने स्तन क्यान्सर पाठेघरको क्यान्सर बढ्दो छ । म टेक्निकल कुरा त जान्दिन तर अस्पताल सुधार गरी यसको क्षमता बढाउन पर्छ भन्ने कुरा मैले बुझेको छ । ”

आँफुले बजेटमा पनि स्वास्थ्यका धेरै कुरा समेट्ने प्रयास गरेको भन्दै उहाँले आमा सुरक्षा कार्यक्रमसँगै महिलाहरुमा लाग्ने स्तन क्यान्सर परिक्षण गराउन बजेट थप गर्न पहल गरेको बताउनुभयो । मन्त्री यादवले अहिले आँफु सिक्ने क्रममा रहेको भन्दै हाल देशका विभिन्न अस्पतालहरुमा त्यहाँको वास्तुस्थितीको बारेमा सिक्दै आएको बताउनुभयो । अहाँले भन्नुभयो,“ अस्पतालहरुमा गएर धेरै कुराको सिकाई भएको छु जुन मन्त्रालय बसेर सिकिँदैन । आज पनि मैले कक्षा लिएँ मैले यहाँको बारेमा नोट गरेँ अव मलाई यस अस्पतालको बारेमा कसैले भनिराख्न पर्दैन । ”

उहाँले क्रान्तीकारी कुरा गरे काम गर्न सम्भव नरहेकोे बताउनुभयो । २५ वर्र्ष अगाडी तय गरेको जनशक्तिले अहिले धान्न परेको अवस्था रहेको भन्दै मन्त्री यादवले अस्पतालहरुमा जनशक्ति थप्न पर्ने कुरा औल्याउनुभयो । उहाँले भन्नुभयो, “बिरामी दिन दिनै बढीरहेको छ । बिरामी बढेपछि बेड बढाउन पर्छ तर जनशक्ति छैन भने त्यो बिरामीलाई हेरचाह कस्ले गर्ने ?” दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीहरुलाई कम्तीमा करारमा भएपनि राख्न पर्ने उहाँको भनाई थियो ।

स्वास्थ्यको विषयमा सडक देखि सदनसम्म सबैको एउटै धारण आउने गरेको भन्दै नागरीकलाई स्वास्थ्य शिक्षाको ग्यारेन्टी गराउन सबैको एक मत रहेको भन्दै मन्त्री यादनले भन्नुभयो, “नागरीक उपचार नपाएर दुखदायी मृत्यु हुन्छ भने त्यो भन्दा दुखदायी के हुन्छ । ” मन्त्री यादवले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको विषयमा प्रधानमन्त्रीसँगपनि छलफल भएको भन्दै यस बारेमा धान प्रधानमन्त्री पनि सकारात्मक भएको बताउनुभयो । उहाँले बजेटको कुरा गर्दा जुन कर सुर्तीजन्य पदार्थबाट लिएको छ त्यो हक स्वास्थ्य मन्त्रालय र खासगरीे क्यान्सर अस्पतालको भएको उल्लेख गर्नुभयो उहाँले यस अस्पतालललाई एक हजार शैयाको अस्पताल बनाउने लक्षमा आफ्नो र मन्त्रालयको साथ र सहयोग रहने बताउनुभयो ।

सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा. पौडेललले असपतालको परिचय, उदेश्य, अस्पतालले प्रदान गर्ने सेवाहरु, अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्याको बारेमा मन्त्री यादवलाई जानकारी गराउनुभएको थियो । त्यसैगरी डा. पौडेलले मन्त्री यादव समक्ष अस्पतालले गर्दै आएको र गर्न लागेको सोवाग्राही तथा बिरामी मैत्री कार्यक्रमहरु, क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसान्धान कार्यक्रमहरु अस्पतालका भावी यनेजनाहरुको बारेमा अवगत गराउनुभएको थियो । साथै उहाँले अस्पतालले भोग्दै आएको समस्याहरुको बारेमा पनि मन्त्री यादवलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा चितवन क्षेत्र नम्बर १ का सांसद हरि ढकाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, अस्पतालका अध्यक्ष तथा विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो कार्यक्रम पश्चात मन्त्री यादवले अस्पतालको अनुगमन तथा निरिक्षण एवं बिरामीका आफन्तहरुसँग भेटघाट समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !