चितवन: उपप्रधान एबं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताकाे अपेक्षा अनुसार सेवा दिन नसकिएकाे स्विकार गर्नु भएकाे छ । भरतपुर अस्पतालकाे निरिक्षण अनुगमन पछि सञ्चारकर्मीहरु संग कुराकानी गर्दै उहाँले भन्नुभयाे “जनताले अपेक्षा गरेकाे आबश्यकता अनुसार सबै पूरा गर्न अहिले सकि नराखेकाे अबस्था छ ।”
अहिले भईरहेकाे सेवा प्रवाह पनि कम नभएकाे उहाँकाे भनाई थियाे । स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन, भाैतिक संरचना निर्माण र उपकरण व्यवस्थापन मुख्य जिम्मवारी रहेकाे उहाँले बताउनुभयाे । जनताकाे आबश्यकता धेरै भएकाे भन्दै उहाँले ती आबश्यकता पूरा गर्न सरकारले प्रयास गरिरहेकाे बताउनुभयाे ।

भरतपुर अस्पतालकाे ६८ अौ बार्षिकाेत्सबमा सहभागी हुन चितवन आउनुभएका मन्त्री यादबले अस्पतालका विभिन्न बिभागकाे निरिक्षण अनुगमन समेत गर्नु भएकाे थियाे । अनुगमनका क्रममा अस्पताल बिकास समितिका अध्यक्ष राजु पाैडेल, प्रमुख मेडीकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले अस्पतालकाे बारेमा जानकारी गराउनुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस !