चितवन: भरतपुर अस्पतालमा कोभिड १९ उपचारका लागि इभोल्ब किल्निकल परिक्षण गरिने भएको छ । भरतपुर अस्पतालले हिमालयन ट्रष्ट नेपाल र जेन्स हप्किन्स युनिभर्र्सिटी, संयुक्त राज्य अमेरिकाको सहकार्यमा भाइरल प्रकोपको लागी एमेटिन नामक औषधिको किल्निकल परिक्षण गर्न लागेको हो ।
कोभिड १९ बिरुद्ध मुखबाट दिइने एमोटिन औषधिको प्रभावकारिता मूल्याङकन गर्न, अनियमित, डवल– व्लाइन्ड, प्लेसबो–नियन्त्रितका लागि क्लिनिकल परिक्षण गर्न लागिएको हो । भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन एबं प्रमुख अनुसन्धान कर्ता डा. कल्याण सापकोटाले कोभिड १९ का लक्ष्यण देखिएका बिरामीमा मुखबाट दिइने एमेटिन नामक औषधिले प्रभावकारी ढङले काम गर्छ वा गर्दैन भनि जाँच गर्न लागिएको हो । उहाँले भन्नुभयो “ कोभिड १९ को लक्षण भएका बिरामीहरुको उपचारमा मुखबाट दीइने एमेटिनको प्रभावकारिता र सुरक्षाको मूल्याङ्कन गर्ने र बिरामीको स्वास्थ्य सम्बन्धि जीवनको गुणस्तरमा यस औषधिको दीर्घकालिन प्रभावबारे मूल्याङ्कन गर्ने छ ।” यस क्लिनिकल परीक्षणले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आचार समिता पुनरावलोकन समिति र जोन्स हप्किन्स यूनिभर्सिटीको ईथिकल रिभ्यु कमिटीबाट स्वीकृती प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।
यस अध्ययनमा ५० वर्ष वा सो भन्दा माथिको उमेरकालाई सहभागी गराईने उहाँले बताउनुभयो । ४५० जनामा अनुसन्धान गरिने छ । अघिल्लो महीनमा भरतपुर अस्पतालमा आएका ८ जना कोभिडका बिरामीहरु रहेको र अस्पताल संगको सहकार्यमा केही दिनमानै क्लिनिकल प्रयोग गरिने उहाँले बताउनुभयो ।
अर्का अनुसन्धान कर्ता जोन्सर हप्किन्स विश्वविद्यालयका डा. कुन्चोक दोर्जीले पहिला यो औषधि ६० एमजीको अमेरीकामा मुसामा परिक्षण गरिएको जानकारी दिनुभयो । यसलाई मानिसमा अनुसन्धान गर्नका लागि ६ एमजीको औषधि प्रयोग गरिने छ । कोभिड १९ को परिक्षण गरि लक्षणहरुको अनुभव गर्दै गरेका व्यक्तिहरुमा परिक्षण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार गर्भवती, स्तनपान गराउने महिला र हाल अन्य परिक्षणहरु अन्तर्गत अध्ययन औषधिहरु सेवन गरेका व्यक्तिहरुमा यसको प्रयोग गरिने छैन ।

प्रतिक्रिया दिनुहोस !