चितवन, १५ चत भरतपुर अस्पतालबाट अब यहाँ कार्यरत चिकित्सकहरुले बिरामीहरुको लागि भिटामिन तथा आहार–पूरक भनिने औषधि वा सामग्री सिफारिस नगर्न नपाउने भएका छन् । अस्पतालले सूचना नै जारी गरेर औषधि व्यवस्था विभागमा दर्ता नभएका भिटामिन र आहार–पूरक सामग्री (फूड सप्लिमेन्ट) हरु बिरामीलाई सिफारिस (प्रेस्क्राईब) गर्न बन्देज गरेको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार बिरामी कमजोर भएको खण्डमा भिटामिन तथा आहार–पूरक भनिने सामग्री दिने गरेको पाइएको र यसको प्रयोगले रोगलाई निको पार्न तत्काल भूमिका नखेल्नेहुँदा बिरामीको उपचारमा खर्च मात्र बढाउने भएकोले चिकित्सकहरुलाई सिफासि गर्नमा रोग लगाईको हो ।
“रोगलाई आवश्यक पर्ने औषधीहरुसँगै भिटामिन र सप्लिमेन्ट आइटमहरु प्रेस्क्राईब गर्ने गरिएको पाइएपछि त्यसलाई रोक लगाएका हौं ” उहाँले भन्नुभयो, “यि सबै भिटामिन तथा प्रोटीन भएका खानाहरुबाटै प्राप्त हुन्छ ।”
औषधि व्यवस्था विभागमा दर्ता नभएका र तत्काल रोग निको पारी शरिरलाई फाइदा नगर्ने हुँदा भिटामिन र फूड सप्लिमेन्ट प्रेस्क्राईब गर्न राक लगाइएको उहाँले जानकारी दिनुभयो ।

उहाँले थप्नुभयो, “कपिपय भिटामिन र फूड सप्लिमेन्टहरु औषधि व्यवस्था विभागमा दर्ता पनि भएका छैनन् भने तिनीहरुले तत्काल शरिरलाई फाइदा तथा रोग निको पार्छ भन्ने प्रमाणहरु पनि छैनन् जस्ले गर्दा बिरामीलाई धेरै पैसा पनि तिर्ने अवस्था आयो ”

उहाँले अस्पतालको फार्मेसीमा भने भिटामिन र फूड सप्लिमेन्टहरु नराखिएको जानकारी दिनुभयो । चिकित्सकहरुले महङ्गा सप्लिमेन्टहरु सिफारिस गर्दा रोग निको पार्ने आवश्यक औषधी किन्नमा समेत बिरामीहरुलाई समस्या हुने गरेको बताउनुभयो । चिकित्सकहरुलाई सचेत गरानका लागि अस्पतालले सप्लिमेन्टहरु प्रेस्क्राईब नगरिदिन सूचना जारी गरेको उहाँको भनाई छ ।

हाल अस्पतालबाट सञ्चालित फार्मेसीमा करिब ९०० प्रकारका औषधीहरु उपलब्ध रहेको र अझै दुई सय देखि तीनसय प्रकारका औषधीहरु थपिने क्रममा रहेको डा. तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !