चितवनः जिल्लाका एक लाख ९३ हजार ३७४ बालबालिकालाई दादुरा–रुबेला बिरुद्धको खोप लगाईएको छ ।स्वास्थ्य मन्त्रालयले जिल्लामा दिएको लक्ष्य भन्दा ३३ हजार बढी बालबालिकाले खोप लगाएका हुन् ।

जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी इन्द्रमणी भण्डारीका अनुसार केन्द्रले जिल्लामा रहेका १ लाख ६० हजार ४९४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य दिईएको थियो । उहाँका अनुसार केन्द्रको लक्ष्यभन्दा २० दशमलब ५ प्रतिशत बढी बालबालिकाले खोप लगाएका हुन । गत फागुन १३ गतेदेखि चैत ७ गतेसम्म सञ्चालित खोप अभिायनका क्रममा जिल्लाका सात पालिकामा नौ महिना देखि १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप लगाइएको थियो ।

उहाँका अनुसार ६ सय ४६ खोप केन्द्रबाट उनीहरुलाई खोप दिइएको हो । अभियानकै क्रममा नियमित खोप छुटेका २ सय हाराहारी बालबालिकालाई छुट खोप दिइएको छ । अभियानमा १ हजार ६ सय जना स्वास्थ्यकर्मी र २ हजार २ सय स्वंयसेवक परिचालन गरिएको थियो ।

अभियानलाई दुई चरणमा बिभाजन गरेर सञ्चालन गरिएको थियो । जिल्लामा बि. सं. २०७९ मंसिर ३ गतेदेखि २०८० पुस १५ गतेसम्म ५२ जनामा दादुरा रुवेला रोगको संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस !