
चितवनः नेपाली काँग्रेस चितवनको स्वास्थ्य बिभागले संञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिबिरमा एक हजार ५८० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । कालिका नगरपालिका वडा नम्बर ६ मा शुक्रबार र शनिबार सञ्चालित शिबिरमा ८७० जना महिला र ७१० जना पुरुषले गरी सो संख्यामा बिरामीको स्वास्थ्य परिक्षण गरिएको हो ।
नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार शिबिरमा २ सय ९८ जनाले भिडियो एक्सरे सेवा,२ सय ५३ जनाले ई सि जि सेवा, ९५ जनाले भि आई ए सेवा लिएका छन् । त्यसै गरि ५ सय ७५ जनाले आँखाको परिक्षण गरेका छन् । ती मध्ये एक सय जनालाई निःशुल्क चश्मा बितरण गरिएको थियो । ८ सय जनाको मधुमेह तथा उच्च रक्तचापको परिक्षण गरिएको छ ।
शिबिरमा १० लाख बराबरको निःशुल्क औषधि पनि बितरण गरिएको छ । शिविरमा जनरल फिजिसियन, महिला तथा प्रसुती, आखा जाँच, दन्तरोग, पाठेघरको मुखको परिक्षण, बालरोग, नसा, हाडजोर्नी, शल्यचिकित्सा, नाक, कान तथा घाटी, मुटु रोग सम्बन्धि र छाला तथा यौन रोग सम्बन्धि सेवाहरु उपलब्ध गराइएको थियोे ।
नेपाली काँग्रेस चितवनले पार्टीका पुर्व सभापति गिरिजाप्रसाद कोइरालाको १४ औ स्मृति दिवसको अवसरमा समुदायमा काँग्रेस अभियान अन्तरर्गत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको कार्यक्रमका सयोजक दिनेश अधिकारीले जानकारी दिनुभयो ।