चितवनः बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जाेशीले आम जनताले महशुस गर्ने गरि काम गर्न निदेशन दिनु भएकाे छ । आज मन्त्रालयमा आयाेजित आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा कार्यक्रमहरुकाे प्रदेश स्तरीय बार्षिक समिक्षा गाेष्ठीमा बाेल्दै उहाँले स्वास्थ क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्दै सरकार रहेकाे महशुस हुने गरि काम गर्न आग्रह गर्नु भयाे ।
उहाँले भन्नुभयाे “स्वास्थ क्षेत्रमा जनताका गुनासा धेरै छन् । ती गुनासाहरु सम्बाेधन हुने गरि काम गर्नुस् ।” आम जनता आयुर्वेद चिकित्साकाे क्षेत्रमा आकर्षित वन्दै गएकाे बताउँदै उहाँले यसलाई परिमार्जित गर्दै विशिष्टिकृत सेवा दिन सक्नुपर्ने वताउनुभयाे । दुई दिन सम्म चल्ने गाेष्ठीकाे उद्घाटनका क्रममा बाेल्दै मन्त्री जाेशीले जनताले सरकारका संयन्त्रबाट पाउने सेवा सुबिधा सहज रुपमा पाउनु पर्ने वताउनुभयाे । समीक्षा कार्यक्रममा प्रदेशमा भएका कामहरुकाे बारेमा छलफल गरिने छ ।





