चितवनः बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सबै प्रादेशिक अस्पतालहरुमा फिजियोथेपापिस्टको दरबन्दी थपका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आधुनिक चिकित्सा पद्धतिका रुपमा फिजियोथेरापीले महत्वपूर्ण भूमिका खेल्ने भन्दै मन्त्री जोशीले फिजियोथेपापिस्टको दरबन्दी थपका लागि पहल गर्ने बताउनुभएको हो ।
नेपाल फिजियोथेरापी संघले चितवनमा आयोजना गरेको ११औँ अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । चिकित्सा पद्धतिमा फिजियोथोपी निकै प्रभावकारी हुने मन्त्री जोशीको भनाई थियो । उहाँले स्वास्थ्य क्षेत्रको महत्वपूर्ण अगंको रुपमा रहेको फिजियोथोपी सेवालाई प्रादेशिक अस्पतालहरुमा विस्तार गर्ने बिषयलाई गम्भीरताका साथ लिने बताउनुभयो । यसलाई सरकारले दिने स्थान, नीति निर्माणमा समेट्ने बिषयमा मेरो ध्यानाकर्षण भएको छु उहाँले भन्नुभयो, स्वास्थ्य क्षेत्रको अगंको रुपमा रहेको फिजियोथोपी सेवालाई कसरी विस्तार गर्न सकिन्छ भन्ने बिषयलाई गम्भीरताका लिनेछु ।
अस्पतालहरुमा फिजियोथेरापिस्ट थोरै भएका कारण बिरामीले पाउनुपर्ने जति सेवा पाउन नसकेको मन्त्री जोशीको भनाइ थियो । उहाँले फिजियोथेरापी सेवा सरकारी, निजी तथा प्राकृतिक चिकित्सालयमा अत्यावश्यक रहेको औंल्याउनुभयो । सरकारी अस्पतालमा सेवा विस्तार गर्ने र निजी अस्पताललाई स्वीकृति दिँदा नै फिजियोथेरापी सेवा अनिवार्य गरेर मात्रै दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
बागमती प्रदेश अन्तर्गतका प्रादेशिक अस्पतालहरुमा फिजियोथेरापीको दरबन्दी थप भइरहेको पनि उहाँले जानकारी दिनुभयो। प्रदेशका १३ वटै अस्पतालमा दरबन्दीका लागि प्रस्ताव भइसकेको र भक्तपुर, सिन्धुली, नुवाकोटमा स्वीकृति गरेर पठाइसकेको पनि मन्त्री जोशीले जानकारी दिनुभयो ।
फिजियोथेरापी विषय पढ्ने विद्यार्थी नेपालमै पढ्ने वातावरण बनाउन संघीय सरकारका स्वास्थ्य मन्त्री र आफूसमेत लागि परेको मन्त्री जोशीले जानकारी दिनुभयो । तिनै तहका अस्पतालमा फिजियोथेरापीको दरबन्दी र सेवा विस्तारका लागि आफूले सक्दो पहल गर्ने मन्त्री जोशीको प्रतिवद्धता थियो ।