चितवनः नक्कली सुन बिक्रिका लागि लिएर हिडेका दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभा घर भई काठमाडौंका. चक्रपथ बस्ने ४३ वर्षिय कमल अधिकारी र सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ७ बस्ने ४३ वर्षिय दिल वहादुर थापा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक विजयराज पण्डीतका अनुसार मकवापुर बाट भरतपुर तर्फ आउँदै गरेको अबस्थामा उनीहरुलाई मंगलबार साँझ पक्राउ गरिएको हो । उनीहरुको साथबाट सुन जस्तो देखिने पहेलो धातु ३३ थान र एउटा स्कुटर नियन्त्रणमा लिईएको छ । बागमती प्रदेश ०३९ प ७५३२ नम्बरको स्कुटरमा लुकाई छिपाई ल्याउने क्रममा उनीहरुलाई राप्ती नगरपालिकाको लोथरबाट पक्राउ गरिएको हो ।
पक्राउ पररेका उनीहरुलाई ठगी उद्योगमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको पण्डीतले जानकारी दिनुभयो । उनीहरु सुनचाँदी पसलको बिलमा सक्कली सुन भनि बिल काटी रकम ठगी गर्ने उद्धेश्यले हिडेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !