
काठमाडौं,२ आश्विन । वीर अस्पतालमा अब हप्तामा तीनदिन मिर्गौला प्रत्यारोपण हुने भएको छ ।
यसअघि एकदिन मात्रै हुँदै आएको प्रत्यारोपण असोज १ गतेबाट सोमबार, बुधबार र शुक्रबार हुने अस्पतालले जनाएको छ ।
त्यस्तै, यसअघि तीनदिन मात्रै हुँदै आएको युरोलोजीसम्बन्धी शल्यक्रिया अब शनिबार बाहेक सबै दिन हुने भएको छ । युरोलोजीको ओपीडी सेवा भने आइतबार, मंलबार र बिहीबार हुने अस्पतालले जनाएको छ ।
सबै विभागको शल्यक्रिया सेवा दिनहुँ सञ्चालन गर्ने पनि तयारी भइरहेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलको भनाइ छ ।