चितवन: डेंगु संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ का पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षिय पुरुषको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको हो । आज दिउँसो उनको मृत्यु भए पनि कार्यालयले साँझ मात्रै जानकारी पाएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार बिरामी भई साउन २३ गते अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । उहाँका अनुसार चालु आर्थिक वर्षमा डेंगुको संक्रमणका कारण पहिलो व्यक्तिको मृत्यु भएको हो । जिल्लामा उपचारका लागि आएका मध्ये हाल सम्म ५३ जनामा डेंगुको संक्रमण देखिएको छ । संक्रमित मध्ये एक जनाको मृत्यु भएको हो । ५३२ जनाको परिक्षणका क्रममा उनीहरुमा संक्रमण देखिएको हो । संक्रमित मध्ये ठेगना नखुलेका ६ जना र जिल्ला बाहिरका १७ जना रहेको उहाँले जानकारी दिनुभयो । चितवनका ३० जनामा डेंगुको संक्रमण देखिएको उहाँले बताउनुभयो ।
गत आर्थिक वर्षमा डेंगुको कारण चितवनमा ६ जनाको मृत्यु भएको थियो । जस मध्ये चार जना चितवनका रहेका थिए ।

प्रतिक्रिया दिनुहोस !