चितवनः बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले मन्त्रालयको काम नीति बनाउने भएको बताउनु भएको छ । जेष्ठ नागरिक संघ चितवनले आज यहाँ आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै उहाँले मन्त्रालयहरुले ठेक्का पट्टाको काम गर्न नहुने बताउनुभएको हो ।
उहाँले भन्नुभयो “मन्त्रालयको काम भनेको नीति, नियम र कानुन बनाउने हो । ठेक्का पट्टा गर्ने होईन ।” आँफुले अहिले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सुधारका लागि नीतिगत कमहरु गरि रहेको उहाँके भनाई थियो । स्वस्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधर संगै सेवाामा समेत सुधार आबश्यक रहेको उहाँले बताउनुभयो ।
प्रदेश स्वस्थ्य मन्त्रालयले नीतिगत सुधारकै क्रममा असहाय तथा विपन्न नागरिकका लागि अस्पतालहरुलाई १० प्रतिशत निःशुल्क शैय्या उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “प्रदेशका १३ जिल्लाका अस्पतालका लागि निर्देशन गरिएको छ । यो कार्यन्वयनमा आउँछ ।” कार्यान्वयन नगर्ने अस्पतालहरुलाई कारबाही गरिने उहाँले जानकारी दिनुभयो ।
प्रचलित मापदण्ड बमोजिम अस्पतालहरुमा उपचारका लागि आउने विपन्न, असहाय तथा वेवारिसे बिरामीहरुका लागि कुल शैयाको १० प्रतिशत शैय्या छुटाई निःशुल्क उपचार अनिवार्य रुपमा गराउन लागि परेको उहाँले बताउनुभयो ।
प्रदेश सरकार जनताको पक्षमा छ भन्ने आभाष हुने गरी काम गर्न लागिएको बताउँदै उहाँले सरकार हरेक नागरिकको पक्षमा रहने बताउनुभयो । जेष्ठ नागरिकहरु प्रती सरकार सधै सकारात्मक भएको भन्दै उहाँले जेष्ठ नागरिकहरुबाट अहिले पुस्तान्तरणका कार्यहरु हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “पुस्तान्तरणले हाम्रो धर्म संस्कृति संरक्षण गर्ने भएकाले यसको पक्षमा सरकार हने छ ।”
कार्यक्रममा भूमि आयोग चितवनका अध्यक्ष बद्रीप्रसाद तिमिल्सीना, राम जानकी आश्रमका महासचिब रामेश्वर खनाल, संघका अध्यक्ष केदारनाथ तिमिल्सीना र उपाध्यक्ष माधव घिमिरेले जेष्ठ नागरिकका समस्याहरुका बारेमा बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !