खिमा रिजाल
मुलुक यतिवेला उपनिर्वाचनको मैदानमा होमिएको छ । प्रतिश्प्रधीहरु मैदानमा ज्यान फालेर लागेका छन् । ज्यान मात्रै फालेका छैनन एकआपसको गालि गलौजमा प्रतिश्प्रधा नै गरेका छन मानै गाली नगर्ने हो भने एक तह पछाडि परिन्छ । यसरी यी र यस्ता हर्कत भैरहदा सदा झै यसपटकको चुनावमा पनि प्रधानमन्त्री पुत्रि एवम् भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल माथि फेरी अर्को झटारो फालिएको छ । पटकपटककोे झटारोले पक्तिकारको मनमा उब्जिएका भावना, तिक्तता, उकुमुकुशहरु उजागर गर्ने जमर्को गरिएको छ ।
उपनिर्वाचनको सरमगरम सँगै मैदानमा प्रतिश्प्रर्धीहरु उत्रिइ रहदा तनहुँ, चितवन र वारामा ने.क.पा.माओवादी केन्द्रको उमेदवार मैदानमा छैनन । गठबन्धनको पक्षधर भएको नाताले रेणु दाहालले पनि आफ्नो पार्टीले ऐक्यवद्धता जनाएका उमेरवारलाई मत माग्दै चुनावी सभालाई सम्बोधन गरिन तर उनले गरेको सम्बोधनको विषयलाई लिएर चुनावी मैदानमा भने मेयर रेणु दाहालमाथि सुन्नै नसकिने गालि बर्सिए । जस्तैः
१. मतपत्र च्यातेकी
२. राजकुमारी
३.भारतिय नागरिक वा भारतिय नागरिकता लिएकी
४.शक्ति प्रयोग गरेर पद धारण गरेकी आदि आदि
को हुन रेणु दाहाल ?
सबैबाट नछिपेको विषय प्रधानमन्त्रि पुष्पकमल दाहाल(प्रचण्ड)को दोस्रो सन्तान अर्थात पुत्रि हुन रेणु दाहाल । त्यसो त उनि २०३३ सालमा भरतपुर महानगरपालिकामा जन्मी हुर्कीएकी हुन् । उनको बाल्यकाल चितवनमै वित्यो । प्रधानमन्त्रि पुत्रि भएकोले प्रधानमन्त्रिको राजनितिक गतिविधिबाट उनि अछुतो बनिनन । नेपालका उच्च तहका प्राय सबै बामपन्थी नेताहरुको छत्रछायामा नै उनको बाल्यकाल वित्यो भन्दा अत्युक्ति नहोला । सानैदेखि कम्युनिष्ट आन्दोलनको छापले उनि असंगठित रुपमा रहन सकिनन । त्यसैले उनले २०५० सालमा नेतृ हिसिला यमिको हातबाट पार्टी सदस्यता ग्रहण गरिन । जनयुद्धको थालनीसँगै सुरक्षाको कारण उनि र उनको परिवार चितवनबाट नेपाल र भारतका विभिन्न ठाउँमा स्थानान्तरण भए । उनले प्रधानमन्त्रि पुष्पकमल दाहालले जनयुद्धको नेतृत्व गरिसकेपछि पढाइलाई समेत निरन्तरता दिन सकिनन । यसै क्रममा उनले २०५३ सालमा प्रवासका नेता डीवि पाठकका छोरा अर्जुन पाठकसँग पार्टिका शिर्ष नेताहरुको सहभागितामा जनवादी विवहा गरिन । विवहा पश्चात उनि प्रवासमै रहेर जनयुद्धलाई सहयोग गरिन । काम गर्दै जाने सन्दर्भमा महिलाको इकाई सदस्यमा संगठित हँुदै २०५९ सालमा अखिल भारत नेपाली महिलासँघको अध्यक्षको भुमिका निर्वाह गरिन । विद्रोहिहरुको ढाडमा टेकेर टाउकोमा हान्ने योजना अन्तर्गत उनि २०६१ सालमा रोल्पाको सह इन्चार्जको भुमिका निर्वाह गर्न पुगिन । यसै विचमा उनलाई स्वास्थ्यले धोका दिन पुग्यो र २०६३ सालमा उनि उपचारको क्रममा काठमाण्डौ पुगिन । २०६३ सालमा उनले पुन स्वास्थ्य र पार्टीको कामलाई निरन्तरता दिदै काठमाण्डौ जिल्लाको सह सेक्रेटरीको भुमिका निर्वाह गरिन । उनि दोस्रो संविधान सभाको चुनावमा काठमाण्डौ क्षेत्र नं १० बाट प्रकाशमान सिंहको प्रतिद्धन्द्धी भै चुनावी मैदानमा होमिएकी थिइन र दोस्रो स्थान हासिल गर्न सफल बनेकी थिइन । यो वा त्यो रुपमा कहिले प्रवास त कहिले स्वदेशमा रहेर, आवश्यकता बमोजिम अग्रमोर्चा वा पृष्ठमोर्चाको नेतृत्व गरिन । द्धन्द्धको उद्गम मानिने रोल्पाको समेत नेतृत्व सम्हालेकी रेणु दाहाल हाल माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिकाकी मेयर समेत रहेकी छन् । त्यसो त उनको यो महानगरपालिका प्रमुख भने दोस्रो कार्यकाल हो । ३ दशक लामो राजनितिक जिवन गुजार्दै उनि यो अवस्थामा पुगेकी हुन् । उनी एकाएक मेयरको टीका थापेकी होइनन । शान्ति प्रक्रियामा सङ्घठित बनेका कैयौ पात्र पालिकाका प्रमुख, उपप्रमुख, सांसद, मन्त्रि बनिसकेको यो पंक्तिकारको आखाबाट पनि छिपेको छैन । मेयर रेणु दाहालको राजनितिक लगानी कम देखिदैन । उनि ३ दशक यता निरन्तर राजनितिमा सक्रिय छन् । ३ दशक लामो राजनितिक यात्रा तय गर्दा प्राप्त भएको पदिय जिम्मेवारी प्रधानमन्त्रि पुत्री भएबापत दयामायाले प्रदान गरिएको भने देखिदैन । यो त केवल विरोधको लागि विरोध मात्रै भएको भन्न सकिन्छ ।
उपनिर्वाचनमा ट्रोल …
प्रत्येक पटक झै यस पटकको उपनिर्वाचनमा विगतमा झै उनिमाथि प्रहार गरियो । मानौ उनि निर्जिव बस्तु हुन । खास गरि गठबन्धन इतरका दलका प्रत्येक बक्ता प्रतिनिधिले मतपत्र चपाएकी, मतपत्र च्यातेर मेयर बनेकी, भारतिय नागरिक, राजकुमारी, शक्तिको दुरुपयोग गरेकी आदी आदी । अघिल्लो निर्वाचनमा केहि उदण्ड ब्यक्तिहरुले मतपत्र च्याते । ति ब्यक्तिहरुलाई कानुनी कार्वाही गरियो निर्वाचन आयोगले पुन निर्वाचन गरायो । रेणु दाहालले मेयर पदमा विजय हासिल गरिन र मेयर बनिन । तर मतपत्र च्यातेको दोष अहिलेसम्म पनि उनलाई प्रहार गरेको गर्यैछ । त्यतिमात्रै होइन उनि दोस्रो निर्वाचनमा भारि मतान्तरले पुन मेयर पदमा वियजी बनिन र अहिले देशकै ६ वटा महानगर पालिकामा सबैभन्दा सर्वोत्कृष्ट विकास निर्माण र कार्यसम्पादन गर्ने महानगरपालिकामा परेकी छन् । प्रधानमन्त्री पुत्री भएको कारण पक्कै विकास निर्माणमा आर्थिक पहुँच अन्य मेयरलाइ भन्दा सहज भयो होला तर इच्छाशक्ति विना यो सम्भव हुने थिएन । अहिले चितवनका बासिन्दाले विकास निर्माणमा प्रत्यक्ष महशुष गरेका छन । महानगरपालिकामा विकास गर्नु उनको कमजोरी हो । महानगरपालिकामा न्यून वेरुजु आउनु उनको कमजोरी हो । सुकुम्बासीहरुले जग्गाधनी पुर्जा पाउनु उनको कमजोरी हो । पक्कै होइन होला । ३ दशक लामो राजनितिक यात्रा गरिसकेपछि प्रतिस्पर्धामा उत्रनु अपराध हो । सरसरती हेर्दा उनको यहाँसम्मको यात्रा अथक मेहनत नै मुख्य विषय हो भन्ने देखिन्छ ।
दोहोरो नागरिकताको दोष
हामी सबैलाई थाहा छ खुल्ला सिमाना, धार्मिक तथा सांस्कृतिक समानताको कारण भारतसँग हाम्रो सबैखाले सम्बन्ध स्थापित छ । भारतसँग हाम्रो विहावारी, लेनदेनको सम्बन्ध छ । भारतका चेलिवेटी नेपालमा बुहारी र नेपालका छोरी भारतमा बुहारी बन्ने प्रचलन परम्पराबाट नै थियो । भारतका मान्छेहरु नेपालमा कामको खोजीमा आउने र नेपालका मान्छेहरु रोजिरोटिको निम्ति भारत जान्छन । त्यस्तै जनयुद्धको कारण देश संकटकालिन अवस्थामा प्रवेश गरेसँगै कैयौ नेताकार्यकर्ता नेपाल र भारतको भुमिमा रहेर जनयुद्धको नेतृत्व गरेका थिए । गुल्मीका डिवि पाठक पनि राजनितिक कामको सन्दर्भमा भारत पसेका थिए । जनयुद्धको थालनीसँगै उनका छोरा अर्जुन पाठकसँग रेणु दाहालले २०५३ सालमा विवहा गरिन । यसरी हेर्दा उनका परिवार बंसजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने नेपाली नागरिक हुन । नेपाली नागरिककी बुहारी, श्रीमती कसरी भारतिय नागरिक बनिन । रेणु दाहाल उपनिर्वाचनको उमेदवार पनि होइनन नत उनि पहिलो वरियताकी नेतृ नै हुन चुनाव नजिकिएसँगै गठबन्धन इतरका शक्ति फेरी उनिमाथि खनिए । सामाजिक सञ्जाल रेणु दाहाल विरुद्ध रगिंयो । अहिले सामाजिक सञ्जाल नाङ्गो आखाले हेर्न मिल्ने खालको छैन । प्रधानमन्त्री पुत्र प्रकाश दाहालको मृत्यु भएको पनि केहि बर्ष वितिसकेको छ । प्रकाश दाहालको कमजोरी देखाएर रेणु दाहाललाई तथानाम गाली गलौज गरिएको छ । मानौ उनको सबै कमजोरीको जिम्मा रेणु दाहालले लिनु पर्नेछ ।
अन्त्यमा जनयुद्धको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गरे । जनयुद्धमा दोहोरो पक्षबाट हजारौ ब्यक्तिको मृत्यु हुन पुग्यो अहिले पनि कैयौ मान्छे बेपत्ता छन, घाइते अपाङ्ग छन् । प्रधानमन्त्रीलाई आलोचना र विरोध गरिरहदा रेणु दाहाल माथि पनि प्रहार गरिन्छ । कहिले चरित्रमाथि औला उठाइन्छ त कहिले राजनितिक हमला गरिन्छ । आफूलाई बौद्धिक हुँ भन्नेले समेत उनिमाथि राजनितिक , चारित्रिक र सुन्नै नसकिने टिप्पणी गरिएको अवस्था छ । सधै सधै यसरी खेदिइ रहनु पर्ने प्रधानमन्त्रीको सन्तान भएर हो भने यो सरासर गलत हो । हरेक मानिसको स्वतन्त्रता पूर्वक जिउने अधिकार हुन्छ । महिला भएकै कारणले पटक पटकको हिंसा गरिएकोे र अनेकन सत्तोसराप गरिएको हो भने उनि माथिको हिंसाको आकलन गर्नै नसकिने खालको छ । यस्तो ट्रोलको शिकार बनाइ रहदा दल भन्दा माथि उठेर महिलाको पक्षमा आवाज उठाउने जो कोहिले पनि आवाज उठाउनु पर्ने होइन र ? कामको इश्र्याले गालिगलौज गरिएको हो भने अन्य महानगरपालिकाका प्रतिनिधिले उनको महानगरपालिकाबाट विकासको मोडेल सिक्दा केहि फरक पर्ला र । यदि विधिको शासन कायम नै रहेको अवस्था हो भने यसरी सधै यउटै मान्छेमाथि प्रहार गरिरहदा कानुन आकर्षित हुनु पर्ने होइन र ? भनिन्छ जसरी यउटा हार्ड डिक्समा निश्चित क्षमता हुन्छ त्यस्तै मानिसको ब्रेनमा पनि प्रतिरोध गर्ने निश्चित क्षमता हुन्छ । के सधैको प्रहार र ट्रोल बनाएर मानसिक रुपमा अशक्त बनाउन खोजिएको हो ? एक त राजनितिमा महिलाको सहभागिता र नेतृत्व निमार्णको निरन्तरता तथा निति निमार्णको तहसम्म पुग्न कठिन छ । त्यस्तै बल्लबल्ल नेतृत्व गर्ने तहमा पुग्न कोशिष गरेका महिलामाथि यसरी जाइलाग्दा उनमा पर्ने मानसिक असरको जिम्मा कसले लिने ? अथवा यो ट्रोलको शिकार कहिलेसम्म बनाइ रहने ? हामी सबै जिम्मेवार नागरिकले एकपटक म म भनेर सोच्ने कि ?




