चितवनः जय जन्मभूमि पाटिका बरिष्ठ उपाध्यक्ष भूपेन्द्र बस्नेतले निर्वाचनमा जनताकाे मन जित्नु आबश्यक रहेकाे बताउनुभयाे । जनताकाे समस्या बुझ्न नसक्ने दलहरुलाई बिदाईका लागि यश पार्टीकाे स्थापना भएकाे बताउनुभयाे । पूर्व सैनिकहरु मिलेर वनेकाे यस पार्टीले देशकाे परिवर्तन गर्न सक्नुपर्ने बताउनुभयाे ।
जनताकाे मन जित्नका लागि समस्या पहिचान महत्वपूर्ण रहेकाे उहाँले बताउनुभयाे । अहिलेकाे गठवन्धन गठवन्धन नभई ठग वन्धन भएकाे उहाँकाे भनाई थियाे । कार्यक्रममा जय जन्मभूमि पार्टीका उम्मेद्वार प्रेम वहादुर खड्काले बुलेटकाे लडाईबाट अब व्यालेटकाे लडनई पनि जित्नु पर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे “सधै जनताकाे रक्षाका लागि खटिएकाे व्यक्ति अब जनताकाे सहयाेगीकाे रुपमा काम गर्न सक्छाै ।” सैनिककाे साेझाेपनकाे फाईदा उठाउने काम भएकाे भन्दै उहाँले अब त्याे सहिय नहुने बताउनुभयाे ।
भरतपुर महानगरपालिका वडा नम्बर ४ का संयाेजक जयनारायण सापकाेटाकाे संयाेजकत्वमा सम्पन्न कार्यक्रममा सहभागी भूपु सैनिकहरुले आफ्ना उम्मेदवारलाई बिजयी गराउन लागि पर्ने बताउनुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस !