
चितवन , १७ माघ। आगामी फागुन ५ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र फुलबारीको टिम मंगलबार चितवन आइपुगेको छ । फिल्मको प्रमोशनका लागि कलाकारहरु विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्के, संगितकार, कालिप्रसाद बास्कोटासहित फिल्म निर्माताको टिम चितवन आईपुगेको हो।
चितवनको होटल रोयल सेन्चुरी स्थित चलचित्र पत्रकार संघ चितवनको आयोजनामा पत्रकार भेटघाट कार्यक्रम समेत गरियो ।
कार्यक्रममा कलाकार विपिन कार्कीले सधै कला क्षेत्रमा आफू नया भुमिका गर्न खोज्ने बताए। चलचित्रमा नया क्यारेक्टर पाउदा फिल्म खेल्न तयार भएको उनको भनाई थियो
कार्यक्रममा फिल्मका कालाकाहरु प्रियंका कार्की, शिल्पा मास्के गायक तथा संगितकार कालिप्रसाद बास्कोटाले फिल्मको बारेमा बोलेका थिए । कार्यक्रम चलचित्र पत्रकार संघ चितवनको उपाध्यक्ष सागर ढङ्गानाको सभापतीत्वमा भएको थियो ।
यशोधा फिल्मको ब्यानर, कमलकिशोर मालपानीको कथा र रामबाबु गुरुङ्गको निर्देशन रहेको फिल्ममा दयाहाङ्ग राई र विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्के र गौमाया गुरुङको मुख्य भूमिका रहेको छ ।