चितवनः यही असोज १७ गते बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर अस्पताल तोडफोड गर्नेलाई कारवाहीको माग गर्दै नेपाल चिकित्सक संघ चितवनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । संघले चितवन मेडीकल कलेजको सघन उपचार कक्ष तोडफोडमा उत्रिएका दोशीलाई कारबाहीको माग गर्दै संघले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ललाई ज्ञापनपत्र बुझाएको हो ।
संघका सचिब डा. सूर्य प्रकाश सापकोटाले अधिकारी तामाङ्लाई ज्ञापन पत्र बुझाउनु भएको हो । ज्ञापनपत्र बुझाउँदै सापकोटाले कलेजको सघन उपचार कक्षमा उपचाररत बिरामी र स्वास्थ्यकर्मीलाई समेत त्रसित बनाउने गरि गरिएको कार्य कानुनी राज्यको उपहास भएको उहाँले बताउनुभयो ।
तोडफोडको घटनामा संलग्न माथि तत्काल स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी संरक्षण ऐन २०६६ को शंसोधन २०७९ अनुरास कारवाही अघि बढाउन प्रहरी प्रशासन समक्ष संघले माग समेत गरेको छ । संघको ज्ञापनपत्र बुझ्दै तामाङ्ले अस्पतालको सघन उपचार कक्षमा तोडफोड भएको बिषय गम्भिर रहेको बताउनुभयो । दोसीलाई कारवाहीका लागि अस्पतालले जाहेरी दिएर सहज गरिदिन समेत अग्रह गर्नुभयो । दोसी जो कोही भए पनि कारवाही गरिने उहाँको भनाई थियो ।






