चितवन: नारायणगढ- मुग्लिन सडक खण्डमा पहिराे खस्दा सडक अबरुद्ध भएकाे छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ १७ किलाेमा पहिराे खस्दा सडक अबरुद्ध भएकाे हाे ।
बर्षातका कारण लेदाे सहित पहिराे खसेकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरिक्षक बिजयराज पण्डितले जानकारी दिनुभयाे । पहिराे ५:४५ वजे खसेकाे कार्यालयले जनाएकाे छ । पहिराे पन्छाउन समन्वय भईरहेकाे उहाँले बताउनुभयाे । पहिराे पन्छाउनका लागि १ घण्टा लाग्ने पण्डितले बताउनुभयाे ।






