चितवनः भरतपुर महानगरपालिकामा अनलाईन भूक्तानी प्रणाली र डिजिटल बडापत्रको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । महानगर प्रमुख रेनु दाहालले प्रणाली र वडापत्रको उद्घाटन गर्नुभएको हो ।
अनलाईन भूक्तानी प्रणाली सुरु गरे संगै सम्पत्ती कर, नक्सापास, राजश्व, बहाल कर लगाएतका महानगरमा भूक्तानी गर्ने सबै परकारका करहरु घरबाटनै तिर्न सकिने गरी अनलाईन भूक्तानी प्रणाली सुरु गरिएको हो । हरेक वडामा डिजिटल प्रबिधिबाट काम गर्ने तयारी स्वरुप यो सेवा सुरु गरिएको महानगर प्रमुख रेनुदाहालले वताउनुभयो । उहाँले भन्नुभयो “डिजिटल महानगर बनाउने उद्धेश्यका साथ काम भईरहेको छ ।” पहिलो चरणमा महानगरबाट कागज रहीत सेवा उपलव्ध गराउन यो प्रणालीको सुरुवात गरिएको उहाँले बताउनुभयो । स्मार्ट सिटिको अबधारणा अन्र्तगत महानगरको काम अघि वढेको उहाँले जानकारी दिनुभयो ।
महानगर उपप्रमुख चित्रसेन अधिकारीले अनलाईन प्रणाली मार्फत सेवा लिन सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “अनलाईन प्रणाली सुरु भए संगै भ्रष्टाचार समेत कम हुने छ ।”जनताले सेवा सुबिधा चुस्त रुपमा पाउन सक्ने उहाँको भनाई थियो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले दर्ता चलालिलाई बैज्ञानीक व्यवस्थित गर्न बैज्ञानीक प्रकृयाबाट काम सुरु गरिएको बताउनुभयो । महानगरले मुस्कान सहित सेवा प्रदान गर्नका लागि यसले सहयोग पुग्ने उहाँको भनाई थियो । डिजिटल वडा पत्रमा नागरीकले पाउने सूचनाहरु लिन सहज हुने उहाँले बताउनुभयो ।






