चितवन: आज साँझ आएकाे हावाहुरीका कारण तीन जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भरतपुर महानगरपालउका वडा नम्बर ११ लामाटाेल बस्ने अटाे चालक ५० बर्षिय प्रिदप कुमार लामा र साेहि अटाेमा सवार अन्दाजी ५० बर्षिय महिला रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।
पदमपुरबाट भरतपुर तर्फ आउँदै गरेकाे ना २ ह २२४७ नम्बरकाे अटाेलाई रुखले किचेर उनीहरुकाे मृत्यु भएकाे हाे । यस्तै अटाेमा सवार दुई जना घाईते भएकाे कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीले जानकारी दिनुभयाे । हावाहुरीका कारणा जंगलमा रुख ढल्दा दुर्घटना भएकाे हाे।घाईते दुबै जनाकाे पुरानाे मेडीकल कलेजमा उपचार भईरहेकाे छ ।
साेही हावाहुरीका कारण भरतपुर ११ बसेनि चाेकमा बिशाल चाेकबाट बसेनी तर्फ आउँदै गरेकाे ना १ ज ६१४० नम्बरकाे म्याजिकलाइ रूखले किच्दा म्याजिकमा सवार एक जनाकाे मृत्यु भएकाे हाे । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ निवासी ४८ बर्षिय लाेकनाथ न्याैपानेकाे घटना स्थलमानै मृत्यु भएकाे हाे ।
सोही हावा हुरीको कारण महानगरको विभिन्न स्थानहरुमा रुख तथा बिजुलीको पोल ढलेको , बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।




