चितवनःनेपाली काङ्ग्रेसका नेता डा. शशांक कोइरालाले गठवन्धनको निर्णय पछि कार्यकर्तालाई सम्झाउन कठिन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले धेरै जिल्लामा तालमेलको बिरोधमा स्वरहरु सुनिएको भन्दै कार्यकतालाई सम्झाउन कठीन हुने बताउनुभयो ।
गठवन्धन भित्रका दलहरुले जनाधार कम्जोर भएका ठाउँमा समेत माग गर्दा समस्या आएको उहाँको भनाई थियो । गठवन्धन भित्रको तालमेको बिषयमा समितिको निर्णय मान्नु पर्ने उहाँले बताउनुभयो । दलहरु बिचमा वनेको राजनैतिक उच्च स्तरीय समितिको निर्णय सबैले पालना गर्नु पर्छ उहाँले भन्नुभयो । अहिले सम्बाद चलिरहेको उहाँको भनाई थियो ।
आज साँझ सम्म गठवन्धन भित्र टुङ्गो लाग्ने भन्दै उहाँले निर्णय नआए सम्म केही भन्न नसकीने बताउनुभयो । काङ्ग्रेसका पूर्ब महामन्त्री समेत रहनु भएका नेता कोईरालाले हरेक जिल्लामा बिरोधका स्वरहरु सुनिएको भन्दै यसलाई व्यवस्थापन गरे अघि वढ्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “निर्णय आएपछि सम्झाउनु पर्ने हुन्छ । हामी संग समय पनि छ ।”

प्रतिक्रिया दिनुहोस !