चितवनः जिल्लामा रहेका १ सय ६१ मतदान स्थललाई सुरक्षाका दृष्ट्रिकोणले तीन तहमा बर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन स्थलको निरिक्षण अनुगमन पछि स्थलहरुलाई बर्गीकरण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तमाङका अनुसार पहिला भएका निर्वाचनमा देखिएका गतिबिधि र अब हुन सक्ने गतिबिधिलाई आधार बनाई बर्गीकरण गरिएको बताउनुभयो । समितिको बैठकले ३१ स्थललाई अति सम्बेदनशिल, ८२ स्थललाई सम्बेदनशिल र ४८ स्थललाई सामान्य रुपमा लिइएको छ । प्रमुख जिल्ला अधिकारी तमाङका अनुसार निर्वाचन स्थलको निरिक्षण पछि सो संख्यामा बर्गीकरण गरिएको हो । अघिल्ला निर्वाचनमा भएका घटनाका आधारमा स्थलको बर्गीकरण गरिएको हो ।
जिल्लाका सात पालिकामा ४ सय ५१ मतदान केन्द्र रहेको छ । केन्द्रमा निर्वाचनका लागि २ हजार २ सय ५५ जना कर्मचारी जिल्ला निर्बाचन कार्यालयले खटाउने छ भने प्रत्येक केन्द्रमा ३ जना स्वयमसेवक कर्मचारी स्थानिय रुपमानै नियुक्त गरिने जिल्ला निर्बाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनको लागि कर्मचारी माग गरिएको छ । यही चैत २९ गते निर्वाचन अधिकृत नियुक्ति गर्ने बैशाख ३ र ४ गते अधिकृतहरुलाई तालिम दिईने छ । बैशाख ८ गते सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने उहाँले बताउनुभयो ।
यही बैशाखमा हुने निर्वाचनमा जिल्लामा ३ लाख ९७ हजार ६ सय ८५ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !