चितवनः जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार मंगलबार दिउसो सार्वजनिक तथ्यांक अनुसार भरतपुर महानगरमा १ सय १२ जना, रत्ननगर नगरपालिकामा ३५ जना, राप्ती नगरपालिकामा १२ जना, माडी नगरपालिकामा १२ जना, खैरहनी नगरपालिकामा ११ जना र कालिका नगरपालिकामा ६ जनामा संक्रमण देखिएको छ ।

५ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५५ जनामा र ७१ जनाको एण्टीजेण्ट परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण देखिएको हो । हालसम्म २७ हजार ९ सय ८८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ सय ९९ जना कोरोनामुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ३८ पुगेको छ । ४३ जना अस्पतालमा उपचारत छन् भने ४ हजार १ सय ९५ जना होमआइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस !