चितवनः नेपाल पत्रकार महासंघ चितवन शाखाले विश्व प्रेस स्वतन्त्रता दिवकासे अबसरमा आयोजित निवन्ध लेखन प्रतियोगितामा पत्रकार सूर्य प्रसाद अधिकारी प्रथम हुनु भएको छ । नेपालमा प्रेस स्वतन्त्रताको वर्तमान अबस्था बिषयक निवन्ध लेखन प्रतियोगितामा अधिकारी प्रथम, पत्रकार रामशरण गैंरे दितृय र सुनिल पराजुली तृतिय हुनु भएको छ ।
महासंघ चितवन शाखाका सचिब एबं प्रतियोगिताका संयोजक दिपेनद्र अधिकारीका अनुसार अधिकारी रेडियो नेपालका लागि चितवन सम्बाददाता हुनुहुन्छ भने गैरे चितवन पोष्ट कर्मि हुनुहुन्छ । यस्तै पराजुली कालिका एफएममा कार्यरत रहेको उहाँले बताउनुभयो । अधिकारीका अनुसार प्रतियोगितामा ११ जना पत्रकार सहभागी भएका थिए । प्रथम द्धितिय र तृतियलाई महासंघले औपचारिक कार्यक्रम मार्फत पुरस्कार बितरण गर्ने सचिब अधिकारीले बताउनुभयो । प्रथमले रु ५ हजार, द्धितृयले रु ३ हजार र तृतियले २ हजार नगद सहित पुरस्कार बितरण गरिने छ ।
निवनध प्रतियोगिताको छनोट समितिमा वालकृष्ण थपलिया, संगित आयाम लगाएतको सहभागीता रहेको थियो ।






